राहुल गान्धीलाई २ वर्षको जेल सजाय

Share:

कंग्रेस आईका नेता राहुल गान्धीलाई अदालतले २ वर्षको जेल सजाय सुनाएको छ ।

गुजरातको सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो ।

मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए। राहुल गान्धीका वकिलहरूको टोलीले सुनुवाइको क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्याउन नचाहेको बताएको बताए ।

सन् २०१९ को लोकसभा चुनावका क्रममा कर्नाटकको एउटा कार्यक्रममा गान्धीले कथित रूपमा बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ ?’

कमेन्ट गर्नुहोस्
Share: