एएफसी यु–२३ छनोट फुटबलः नेपाल अफगानिस्तानसँग २–० ले पराजित

Share:

काठमाडौं, चैत्र ११ । एएफसी यु–२३ छनोट फुटबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

नेपाल चिरपरिचित प्रतिस्पर्धी अफगानिस्तानसँग २–० ले पराजित भएको हो । इरानको तेहरानमा जारी समूह ‘सी’को पहिलो खेलमा आयोजकसँगै ५–० ले पराजित भएको नेपालले अफगानिस्तानविरुद्ध आक्रामक प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो । तर, प्रशिक्षक ज्याक स्टेफानोवस्कीको रणनीति अफगानिस्तानविरुद्ध पनि असफल भएको छ ।

बुधबार भएको खेलको ७७औं मिनेटमा पहिलो गोल खाएको नेपाल ८९औं मिनेटमा २–० ले पछि परेको थियो । त्यसपछि दुबैतर्फबाट गोल भएन र नेपालले अफगानिस्तानलाई नतिजा सुम्पिन बाध्य भयो ।

नेपालको समूहमा साउदी अरेबिया र प्यालेस्टाइन पनि छन् । यो हारले नेपाल अंकविहीन भएर घर फर्कने सम्भावना बढेको छ । तेस्रो खेलमा नेपालले आइतबार साउदी अरेबियासँग खेल्ने कार्यक्रम छ ।

एसियाली राष्ट्रहरुलाई १० समूहमा विभाजन गरी खेलाइएको छनोट चरणबाट समूहका विजेता र पाँच उत्कृष्ट उपविजेता गरी १५ टिमले अर्को वर्ष कतारमा हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

कमेन्ट गर्नुहोस्
Share: