पोखरा औद्योगिक क्षेत्रमा ६ करोड लागतमा ग्याँस उद्योग

Share:

रञ्जन अधिकारी पोखरा, १३ चैत / नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सभासद् डा. सशांक कोईरालाले जनता मालिक बनाउनकै लागि देशमा ठूलो परिवर्तन भएको तर नेताहरुकै कारण जनता मालिक बन्न नसकेको बताएका छन् । उनले नेताकै कारण जनता गरीबिको पीडामा पिल्सिन बाध्य भएको बताए ।

छ करोड बढि लागतमा पोखराको औधोगिक क्षेत्रमा स्थापना भएको कालिगण्डकी ग्यास प्रा.लि.को शुक्रवार उद्घाटन कार्य क्रममा नेता कोईरालाले राज्यको खरबौं रकम जनताको नाममा लगानी भएको भनिएपनि गरीब जनताले यसको प्रत्यक्ष उपभोग गर्न नपाएको बताए । ‘मुलुकमा १७ हजार हेक्टर जमिन कृषिका लागि उपयुक्त रहे पनि त्यसको सदुपयोग हुन सकिरहेको छैन’ –उनले भने – ‘नेपालको विकासका लागि पर्यटन, कृषि, उद्योग र जलविद्युत प्रमुख आधार हुन् ।

फरक प्रसंगमा नेता कोईरालाले संघीयताका बारे राजनीतिक दलहरुको स्पष्ट धारणा र दृढता समेत हुन नसकेको वताउँदै अव पनि संविधान वन्न नसके मुलुकले अर्कै बाटो लिन सक्ने चेतावनी दिए ।

कार्यक्रममा नेकपा एमाले युवा नेता तथा संसदिय विकास समितिका सभापति रविन्द्र अधिकारीले विकासका लागि सवै पक्ष मिल्न आवश्यक रहेको बताए । एक अर्कालाई गाली गरेर विकास सम्भव नहुने धारणा राख्दै नेता अधिकारीले औद्योगिक मैत्री वातावरण निर्माण गर्न सिर्जनात्मक हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा एनेकपा माओवादीका नेता राजकाजी गुुुुुुुुुरुङ्ग, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्याोग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपालभुषण वैद्य लगाएतले औद्योगिकमैत्री वातावरण निर्माणका लागि सरकार संवेदनशील बन्नु पर्ने धारणा राखेका थिए ।

सो अवसरमा उद्याोगले बृद्धबृद्धाहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै पोखरा वृद्धाश्रमलाई एक थान अक्सिजन ग्याँस निःशुल्क उपलव्ध गराएको छ । बृद्धाश्रमका संस्थापक बसन्तकेशव पराजुलीलाई १४ हजार मुल्य बराबरको ग्याँस प्रदान गरिएको थियो । ग्याँस सधैंभर निःशुल्क भर्ने पनि उद्योगले जनाएको छ ।

उद्योगका अध्यक्ष बामदेव बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगका निर्देशक माधव बस्ताकोटीले उद्योगबारे जानकारी गराएका थिए । उनले उद्योगको दैनिक ५ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको जनाउँदै उद्योगमा हाल १४ जना प्रत्यक्ष र ५० जनाले अप्रत्यक्ष रोजगार पाएको जानकारी पनि दिए । कार्यक्रममा स्वागत उद्योगका प्रवद्र्दक नरेश बराल तथा सञ्चालन प्रबद्र्धक बलराम बडालले गरेका थिए ।

“जिन्दगी बचाऔं औद्योगिक उत्पादक उक्साउँ” भन्ने मुल ध्येयका साथ स्थापित उद्योगले हाल गण्डिकी र धौलागिरी मुल वजार क्षेत्र रहेको र भविष्यमा उत्पादन क्षमता वृद्धी गर्दै पूर्व मेची देखी महाकाली सम्म वजार विस्तार गर्ने योजना वनाएको छ । उद्योगले स्वास्थ क्षेत्र र औद्योगिक प्रतिष्ठानहरुलाई लक्षित गर्दै आर्गन, कार्वनडाइअक्साइड, नाइट्रोस अक्साइड ग्यास पनि उत्पादन गर्ने दिर्घकालिन योजना बनाएको छ ।

उद्योगकोे प्रतिघण्टा २२ सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको छ। साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको उद्योगका उपकरणहरु भारतको केभिके कम्पनिवाट झिकाइएको थियो भने करिव ती हजारको संख्यामा आवश्यक सिलिन्डरहरु चीनबाट ल्याएको जनाएको छ ।

विभिन्न व्यवसायमा आबद्ध १२ जना युवा ब्यवसायीको साझेदारीमा उद्योग स्थापना गरिएको हो । उद्योगको अध्यक्षमा बामदेव बस्ताकोटी, कार्यकारी निर्देशकमा माधव बस्ताकोटी, निर्देशकमा कालिदास बराल तथा प्रवद्र्धकहरुमा नरेश बराल, बलराम बडाल, ईमान बहादुर गुरुङ, राजन पौडेल, सनत भट्टराई, केशरीप्रसाद तिवारी, क्षेत्रबहादुर बराल क्षेत्री, सूर्यबहादुर रोका, समुन्द्र देवकोटा, विशाल पराजुली र किशोर बस्नेत रहेका छन् । पोखरामा यसअघि एक मात्र ग्याँ उद्योग रहेको थियो भने पोखराका अस्पतालहरुमा मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजको सानो क्षमताको ग्याँस उद्योग रहेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि निकट भविष्यमै ग्याँस उद्योग सञ्चालनमा ल्याईने विकास समिति अध्यक्ष रामनाथ अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: