
काठमाडौं, चैत १४/अष्ट्रेलियका कप्तान माइकल क्लार्कले जारी विश्वकपको फाइनल खेलपछि एक दिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन् । क्लार्कले विश्वकपको फाइनल खेल हुनु एक दिन अघि शनिबार एकदिवसीय क्रिकेटबाट बिदा लिने घोषणा गरेका हुन् ।
लामो समयदेखि पिठ्यूमा चोटको समस्या झेल्दै आएका क्लार्कले भनेका छन ‘ वान डे क्रिकेट बाट बिदा लिने उपयुक्त समय भएको छ यही समयको प्रतिक्षा गरिरहेको थिएं ।’ १२ वर्षको एक दिवसीय करियरमा ३३ वर्षका क्लार्कले २ सय ४४ एक दिवसीय क्रिकेट खेलिसकेका छन् ।
उनले एक दिवसीयमा४४ दशमलव ४२ को औसतमा ७ हजार ९ सय सात रन बनाएका छन् । त्यसैगरी १ सय ८ टेष्ट खेलेका क्लार्कले ५० दशमलव ७९ को औसतमा ८ हजार ४ सय ३२ रन बनाएका छन् ।
कमेन्ट गर्नुहोस्
