सुन चाँदीको भाउ घट्यो

Share:

काठमाडौ, चैत १७ – सुनको भाउ तोलामा ५ सय रुपैयाँ सस्तो भएको छ ।

gold

सोमबार तोलाको ५१ हजार ६ सयमा किनबेच भएको सुन मंगलबार भने ५१ हजार १ मा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर ७ सय ५ रुपैयाँमा किनबेच भैरहेको व्यवसायीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: