‘राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिए’

Share:

काठमाडौं : राष्ट्रियसभाका आजको बैठकमा सांसदहरूले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद उदयबहादुर बोहोराले  बजेट निर्माणका क्रममा भएका कमजोरीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरे ।

सांसद गोमादेवी तिमिल्सिनाले मुलुकभित्र फैलिरहेको गरेको अराजकता अन्त्यका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताए । प्रतिनिधिसभामा अमर्यादित भाषाको प्रयोग भइरहेकामा उनले आपत्ति प्रकट गरे ।

सांसद दुर्गा गुरुङले देशका विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले सुर्खेतमा स्वास्थ्यकर्मीले सेवा सुविधा पाउन नसकेकामा गुनासो गरे ।

सांसद नारायणदत्त मिश्रले कैलालीको एक सडक निर्माणमा संघीय र प्रदेश सरकारले ध्यान नदिएकामा गुनासो गरे । सांसद नारायणप्रसाद दाहालले सदनमा देखिएका अराजकताले जनप्रतिनिधिबारे जनता बीचमा नराम्रो सन्देश दिएको बताए ।

सांसद भुवनबहादुर सुनाले भूमिहन, दलित सुकुम्बासीलाई आगामी आर्थिक बर्षको बजेटले कुनै सम्बोधन गर्न नसको भन्दै सरकारको ध्यानकर्षण गराए ।

सांसद राजेन्द्रलक्ष्मी गैरले बजारमा खाद्य पदार्थको मूल्य दैनिक जसो वृद्धि हुँदा जनजीवन प्रभावित भएकाले त्यसलाई नियन्त्रण गर्न माग गरिन् ।

सांसद सुरेशकुमार आले मगरले सामान्य कुरालाई उचालेर सदनको काम कारवाहीलाई प्रभावित बनाउने रोग प्रतिनिधिसभामा देखिएको भन्दै राष्ट्रियसभामा त्यस्तो हुन नहुने बताए ।

कमेन्ट गर्नुहोस्
Share: