पुस्तक ब्यबशायी र बिद्यालयको मिलेमतो रोक्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

Share:

कुल बानियाँ, पोखरा १८ चैत्र । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले पुस्तक ब्यबशायी र बिद्यालयको मिलेमतो रोक्न निर्देशन दिएका छन् । सहयोग आदान प्रदानको नाममा पुस्तक पसल, पब्लिकेशनसंग बिद्यालयले लिने कमिसन गैरकानुनी भन्दै उनले तत्काल रोक्न निर्देशन दिएका हुन् ।

बिद्यालयको नयाँ शैक्षिक शत्र सुरु हुनै लाग्दा पोखरामा बुधवार आयोजित अन्तरक्रियामा सहभागिले बिद्यालय र पुस्तक पसलेको मिलेमतोले अभिभावक मारमा परेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी राउतले कमिसन कानुन बिपरित भएको बताए । नाफाको लागि गैरकानुनी काम गर्ने प्रबृति शिक्षा क्षेत्रमा रहेको उल्लेख गर्दै उनले पारदर्शी रुपमा बिद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।

उपभोक्ता मञ्च , अभिभावक संघ र संयुक्त बिद्यार्थी संगठन कास्कीले आयोजना गरेको पाठ्यपुस्तक बिक्रि बितरण लगायत समग्र शिक्षा क्षेत्रमा बिद्यमान समस्याहरु र समाधानमा हाम्रो दायित्व बिषयक अन्तरक्रियामा बिद्यालय सञ्चालकहरुलेनै पुस्तक ब्यबशायीसंग सहयोग आदान प्रदान हुने बताएपछि प्रमुख जिल्ला अधिकारी राउतले आपत्ती जनाए ।

एन प्याब्सन कास्कीका अध्यक्ष राम बहादुर मोचीले आफ्ना बिद्यार्थीलाई पुस्तक खरिदको लागि स्थान तोकेर पठाएपछि सम्बन्धित स्टेशनरीबाट शैक्षिक सामाग्री सहयोग लिने गरेको बताएका थिए । उनले कमिसनको मुल्यनै नतोक्ने भएपनि संस्थागत कामको लागि सहयोग लिने गरेको खुलाएका थिए । उनको यहि भनाईबाट कमिसनको खेल छर्लङ्गभएको प्रमुख जिल्ला अधिकारीले बताए ।

‘सहयोग आदान प्रदान के को लागि ? कति ? कहिलेसम्म ? पारदर्शी हुनुपर्छ ’ राउतले भने । अनुगमन नभएको मौका छोपेर गैरकानुनी काम गर्ने छुट कसैलाई नभएको उनले बताए । भनले भने – ‘ बिद्यालयले सामाजिक उत्तरदायित्य पुरा गर्नुपर्छ र पारदर्शी हुनुपर्छ । ’ सरकारी तथा सामुदायिक बिद्यालयको गुणात्मक क्षमता बढाउन सके निजि शैक्षिक संस्थाको मनोमानी अन्त्य हुने उनले संकेत गरेका छन् ।

जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले पुस्तक ब्यशायीमाथि दवाब प्रभाब भएमा अनुगमन गर्ने बताए । आगामी बैशाख पहिलो साताबाट बिद्यालय, पुस्तक पसलको अनुगमन कार्यलाई तिब्रता दिईने उनले बताएका छन् । कास्कीमा अनुमति बिना सञ्चालित शैक्षिक संस्था बन्द गरिने उनले बताए । मन्टेश्वरी शिक्षाका नाममा मनोमानी भएको भन्दै उनले नियम मिच्न खोज्ने प्रबृति यो क्षेत्रमा रहेको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका उप निर्देशक पुष्पराज उपाध्ययले शैक्षिकसत्रको सुरुवातमै सबै बिद्यार्थीको हात हातमा पाठ्यपुस्तक पु¥याउन माताहातका जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिईसकेको बताए । उनका अनुसार हिमाल पारीको जिल्ला मनाङ र मुस्ताङमा पाठ्य पुस्तक पुगिसकेको छ । तनहु र गोर्खामा पनि पाठ्यपुस्तक पुगिसकेको र पश्चिमाञ्चलको सबै जिल्लामा आगामी मंगलवार सम्म पाठ्यपुस्तक पुगिसक्ने उनको दाबि छ ।

कार्यक्रममा उच्च माध्यामिक शिक्षा परिषद् पोखराका प्रमुख रमेश अधिकारी, प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, पुस्तक तथा स्टेशनरी ब्यबशायी महासंघ कास्कीका अध्यक्ष जगदिश गौतम लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: