कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, पोखरामा पनि परिक्षा हुने

266
0
Share:

पोखरा, २० चैत /आगामी जेठमा सञ्चालन हुने कोरियन भाषा परीक्षाको आवेदन फारम वैशाख पहिलो साताका लागी खुलेको छ । फारम वैशाख तीन गतेदेखि ६ गतेसम्म भर्नुपर्ने इपीएस कोरिया शाखाले जनाएको छ । फारम भर्नका लागि चार दिनको समय छुट्टयाइएको छ । वैशाख ३ देखि ६ गतेसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म फारम भर्न सकिने शाखाले जनाएको छ ।

koreanफारम भर्नका लागी कोरियन भाषा परीक्षाका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । आवेदन दिने व्यक्ति कुनै फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको, कोरियामा गएर गैर कानुनी रुपमा बसोबास गरी कोरियन सरकारले समातेर फिर्ता नपठाएको हुनु पर्ने छ । परीक्षा आवेदन फारम व्यक्ति स्वयं उपस्थित भएर लिन र भर्नु पर्ने छ ।

कोरियाली भाषा परीक्षाका लागि काठमाडौं उपत्यका र बाहिर पनि फारम भरिने छ । उपत्यकामा नेपाल वेद विद्याश्रम संस्कृतमावि वनकाली, गौशाला, काठमाडौं भ्याली उच्चमावि महाराजगन्ज, ल्याबरोटरी उच्चमावि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोवाटो तथा च्यासल फुटबल खेल मैदान बालकुमारीमा फारम भरिने छ ।

त्यस्तै उपत्यका बाहिर धरान, जनकपुर, बुटबल, पोखरा र डडेलधुरामा पनि परीक्षा फारम वितरण गरिनेछ । पोखरामा पोखराको वडा नम्बर १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी उच्च माविमा, धरानमा धरान नगरपालिका वडा नम्बर ८ स्थित धरान सभागृहमा, जनकपुरको जनपुर चुरोट कारखाना लिमिटेडको कभर्ड हलमा, बुटवलको नेपाल प्रहरी तालिम केन्द्रको पूर्वतर्फ रहेको प्रदर्शनी मण्डपमा, तथा डडेल्धुराको अमरगढी नगरपालिका स्थित कर्मचारी मिलन केन्द्रमा फारम वितरण तथा दर्ता गरिने शाखाले जानकारी दिएको छ ।

कोरियाली भाषा परीक्षामा सहभागी बन्ने २४ अमेरिकी डलर लाग्ने छ । उक्त रकम आवेदकले फारम बुझाउने अघिल्लो दिन केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसावबाट नेपाली रुपैयाँको हिसाव गरी बुझाउनुपर्ने छ । फारम रद्द भएमा रकम फिर्ता गरिनेछ । रकम फिर्ताका लागि आफूले जम्मा गरेको भौचरसहित सहभागी स्वयं उपस्थित हुनुपर्नेछ ।

कोरियन भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते सञ्चालन हुनेछ । एक दिनमा दुई सिफ्ट गरी परीक्षा सञ्चालन गरिनेछ ।

यस वर्ष देखि पोखरामा पनि कोरियन भाषा परीक्षा सन्चानल हुनेछ । अघिल्लो वर्ष भाषको फारम मात्रै पोखराबाट भर्न पाइनेमा यस वर्ष देखि पोखराबाट फारम भर्नेले पोखरामै परिक्षा दिन पाउने छन् । पोखरा मै परिक्षा दिदा विद्यार्थीलाई सजिलो हुने विश्व मैत्री भाषाका सन्चालक एम जोशीले बताए । पोखरामा करिब १० हजार विद्यार्थीले फारम र परिक्षा दिन सक्ने गरि व्यवस्था गर्न लागेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: