छैटौ हेमजा आलु महोत्सव शुरु

Share:

पोखरा, २३ चैत / विष्णु पादुका क्लव हेमजाको आयोजनामा हुन लागेको छैटौ हेमजा आलु महोत्सव २०७१ सोमबार देखि शुरु भएको छ। सुन्दर ठाँउ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना हुन लागेको उक्त महोत्सव २९ गते सम्म चल्ने छ ।

हेमजलाई व्यसायिक कृषि ठाँउको रुपमा परिचत गर्दै विविध कृषि उत्पादनको प्रर्वद्धन तथा कृषि पर्यटनको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा १२ वटा आलुका परिकारका स्टल, ५० वटा व्यवसायिक स्टल, ३० वटा कृषि प्राविधिक प्रर्शनी स्टल, एक वटा प्राथामिक उपचार केन्द्र, एक वटा सुचना केन्द्र स्टल गरि ९४ वटा स्टल रहने स्टल व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र थापाले जानकारी दिए ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुको ठुलो पहाड, आलुका विभिन्न परिकार, वाल उद्यान, विविध साँस्कृति कार्यक्रम, लोक दोहोरी, झाँकी प्रदर्शनी, नृत्य प्रतियोगिता, हास्यकलाकारको वेजोड प्रस्तुती, जापानीज सुन्तला प्रदर्शनी, कृषि प्रदर्शनी तथा सेती नदिमा ¥याफ्टिड्ड, जिपलाईन फ्लायर र प्याराग्लाईडिड्डका लागि टिकट उपलब्ध गराईने छ ।

महोत्सवमा टिकटको मुल्य ५० रुपैयाक कायम गरिएको छ भने विद्यार्थीलाई ३० रुपैया कायम गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा आलुको मुल्य २८ रुपैया तोकिएको छ। महोत्सवमा आलुका विभिन्न परिकारहरु राखिएका छन् ।

महोत्सव उद्घाटन अघि हेमजा मिलनचोकबाट विभिन्न झाकि सहितको ¥याली निकाली महोत्सव स्थलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

महोत्सवको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशाशन कार्यालय पोखराका क्षेत्रिय प्रशाशक दिनेशकुमार थपलियाले आफ्नो ठाँउको पहिचान स्थापित गर्न महोत्सव उपयुक्त माध्यम भएको बताए । हेमाजा अहिले नगरपालिकामा गाभिए पनि यसको छुट्टै पहिचान छ उनले भने–ग्रामीण अर्थतन्त्रमा छुट्टै पहिचान बोकेको यस गाँउको पहिचान गुम्म दिनु हुदैन । अर्थिक क्रियाकलावलाई चलायमान बनाउन पनि महोत्सव फलदायी वनेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाली काग्रेसका महासमिति सदस्य रामचन्द्र त्रिपाठी, नेकपा एमाले कास्कीका सहसचिव प्रभा कोइराला, एकिकृत नेकपा माओवादी कास्कीका सल्लाहकार माधवशरण पौडेल, राष्ट्रिय जनमोर्चा कास्कीका तमबहादुर रोका मगर, पश्चिमाञ्चल क्षेत्रिय कृषि निर्देशक लेखनाथ आचार्य, पोखरा उपमहानगर पालिकाका समाजिक विकास अधिकृत ओमराज पौडेल, पोखरा उपमहानगर पालिका वडा नं.२७ का सचिव ईश्वरीप्रसाद बाँस्तोला, गौरीशंकर वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्मरसिंह वस्नेत, वहुउद्देश्यीय किसान सहकारी संस्था हेमजाका अध्यक्ष धर्मराज बाँस्तोला, महिला समन्वय समिति हेमजाकी अध्यक्ष विष्णु बास्तोला, अग्रज कृषक मिना गुरुङले बोलेका थिए ।

महोत्सव मुल आयोजक समितिका संयोजक रमेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त उद्घाटन सत्र कार्यक्रममा कोषाध्यक्ष महेन्द्रसिंह थापाले स्वागत र महासचिव भिमप्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: