नाई नभन्नू ल ३ मा जोडियो काम: यस कारण विकासले राखेका थिए संयमको नाम

Share:

संयम पुरीको नाम कुनै ज्योतिषी वा पण्डितले नभई निर्देशक बिकास आचार्यले राखेका थिए । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार काठमाण्डौं डिल्ली बजारमा रहदा बिकास र निर्देशक नारायण पुरीको परिवार एउटै परिवार जस्तो थियो । दिउँसोको लन्च होस वा बेलुकाको डिनर प्राय जसो यो दुई परिवारको भान्छा सधै एउटै हुने गर्दथ्यो ।

भर्खरै जन्मिएका संयमले बिकासको काखमा धेरै पटक पिसाव मात्र गरेनन् बिकासको जुठो समेत खाएर हुर्किएका थिए भन्दा फरक नपर्ला । करिब ६ महिनाको हुँदा सम्म पुरी परिवारमा संयमको नाम के राख्ने भनेर निकै बहस भयो जुन शिलशिलामा विकास र उनका निर्देशक दाई शैलेशले मिलेर संयमको नाम संयम जुराईदिएका हुन ।

‘उ सानै देखि निकै भद्र स्वभावको थियो । नयाँ होस वा पुरानो जो मानिस आएपनि सवैको अंगालोमा झ्याम्मिन्थ्यो त्यसैले उसको स्वभाव चित्रण गरेर हामीले संयम नाम जुराएको थियौ र आज यो उमेर हुँदा सम्म आउँदा पनि उसको स्वभावमा परिवर्तन देखिएको छैन् ।’ विकासले पूराना दिन सम्झिदै भनेका छन् । समाचार संगैको एक्सक्लुसिभ तस्बिरलाई नियाल्ने हो भने संयमलाई विकासले बोकेका हुन जति बेला संयमको उमेर मात्र ४ बर्षको थियो । अहिले संयम २३ बर्षका भएका छन् ।

samyam

आजको दिनमा बाबु नारायण पुरीको परिचय भन्दा माथि रहेर संयमको नाम मिडियामा परिभाषित हुन थाल्दा निर्देशक पुरीको आँखामा खुसीको सिमा छैन् । उनी भन्छन् ‘मिडियामा म भन्दा संयमको नाम बढी चर्चामा छ त्यसैले सन्तानबाट पाईने ठूलो सुख यहि रहेछ शायद।’ संयमलाई प्रत्यक्ष चिन्ने र काम गर्ने मेकरहरुको तर्क राख्ने हो भनै चाँडैनै संयमले सरोज खनाल र आर्यन सिग्देलको अभिनयको उचाईलाई छुन सक्ने आधारहरु देखिएका छन् । मिडिया पर्सन र क्रिटिक्सले पनि संयमलाई पर्फेक्ट एक्टरको रुपमा तुलना गर्न थालिसकेका छन् ।

आउँदो शुक्रवार देखि नाईँ नभन्नू ल ३ सिरिज रिलिज हुँदैछ जुन फिल्ममा संयमको बिशेष भूमिका छ । मुटु दुईवटा हुँदैन एउटा थियो तिमिलाई दिएँ… यो डाईलगसंगैको अभिनयले आयोजित प्रिमियर सोमा संयमको उचाई थप बढाईदिएको विश्लेषण पनि भएको थियो । नाईँ नभन्नू ल सिरिजमा संयम जोडिनु बर्षौ देखिको बिकास आचार्य चाहना थियो जुन चाहानलाई संयमले पनि उस्तै तरिकाले निभाई दिएपछि बिकासले आउँदा प्रोेजेक्टहरुमा पनि संयमसंग ब्यावसायिक पाईला बढाउँने निर्णय गरिसकेका छन् ।

‘मैले पहिले देखिनै उसलाई हिरो बनाउँछु भनेर सोचेको थिए तर जति पनि स्क्रिप्ट बने त्यसमा सुहाउँदो रोल ननिस्किएपछि हामीले अन्य हिरोहरुलाई लिएका थियौ। बिकासले भनेका छन् ।

www.newsfilmy.com

कमेन्ट गर्नुहोस्
Share: