बोकोहरामद्वारा अपहरित दुईसय किशोरीको अझै पत्तो लागेन

Share:

काठमाडौं, बैशाख १ । नाइजेरियामा दुई सय स्कूले छात्रा अपहरित गरिएको एक वर्ष हुँदापनि केही पत्तो लाग्न सकेको छैन ।

इस्लामिक अतिवादी समूह बोकोहरामद्वारा अपहरित ती किशोरीहरुको सम्झनामा विश्वका विभिन्न स्थानमा कार्यक्रम गरिएका छन् ।

उत्तरपूर्वी नाइजेरियाको चिबोकबाट अपहरित २ सय १९ किशोरीको प्रतिनिधित्व गर्दै राजधानी अबुजामा प्रदर्शन गरिँदैछ ।

लण्डन र वाशिंगटनमा पनि ती छात्राको रिहाईको कामना गर्दै कार्यक्रम गरिँदैछ ।
एम्नेष्टी इन्टरनेशनलले गत वर्षको शुरुवातदेखि अहिलेसम्म दुई हजार किशोरी र महिलाको अपहरण गरी घरेलु श्रमिक, यौनदासी र लडाकू बनाएको जनाएको छ ।
ती छात्रा गतवर्ष १४ अप्रिलकै दिनमा अपहरणमा परेका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: