बैशाख अन्तिमा साता पोखरामा साइकल दौड

Share:

पोखरा १ बैशाख । पोखरामा बैशाख अन्तिम साता आमन्त्रित अन्तराष्ट्रिय साइकल दौड प्रतियोगिता हुने भएको छ । जननेता भदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसर पारेर प्रतियोगिता संचालनको तयारी गरिएको आयोजक नेपाल खेलकुद महासंघ गण्डकीले जनाएको छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरि करिव २ सय जनाको सहभागीता रहने महासंघ गण्डकी अञ्चल इन्चार्ज खगराज पौडेलले जानकारी दिए । पोखरा रगंशालाबाट सुरु हुने साइकल दौड पृथ्वीचोक, सृजनाचोक, जिरोकिमी, विन्ध्यवासिनी, सराङकोट, कास्कीकोट नागडाँडा हेम्जा हुदै पूर्न रगंशालामा पुगेर टुङगिने पौडेलले बताए ।

प्रतियोगतामा विजेताले नगद २० हजार, उपविजेताले १५ हजार, तृतियले १० हजार र सान्तवनाले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।प्रतियोगिता सम्पन्न गर्न खेलकुद महासंघ गण्डकीका सचिव देवेन्द्र बास्तोला संयोजक, सहसंयोजक शंकर भण्डारी र प्रचारप्रसार संयोजकमा एकराज गिरीलाई चयन गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव २ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको महासंघ गण्डकी सचिव देवेन्द्र बास्तोलाले बताए ।

कमेन्ट गर्नुहोस्
Share: