
काठमाडौं, वैशाख ३ । भारतले क्यानाडासँग तीन हजार टन युरेनियम खरिद गर्ने भएको छ क्यानाडा भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानाडाका प्रधानमन्त्री स्टीफन हार्परबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भारतले परमाणु कार्यक्रम सन्चालन गर्न आगामी पाँच वर्षभित्र सो युरोनियम खरिद गर्नेछ । भारत र क्यानडाका प्रधानमन्त्रीबीच रेल–वे र शिक्षा क्षेत्रमा एकापसमा सहयोग गर्ने सम्झौता पनि भएको छ ।
क्यानाडासँगको सम्झौतालाई भारतमा इतिहासकै ठूलो उपलब्धिका रुपमा विश्लेषण गरिएको छ ।
सन् १९७३ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीपछि मोदी क्यानडा भ्रमण गर्ने दोस्रो भारतीय प्रधानमन्त्री हुन् ।
फ्रान्स र जर्मनीको भ्रमण सकेर क्यानडा पुगेका मोदीले टोरन्टोका नागरिकहरुलाई सम्बोधन गरेका थिए । (एजेन्सी)
