
काठमाडौं, वैशाख ४ । मिस नेपाल २०१५ को अन्तिम प्रतिष्पर्धा शनिबार मात्रै हुने भएको छ । यसअघि शुक्रबार हुने भनिएको फाइनल प्रतिष्पर्धा राष्ट्रिय शोकका कारण शनिबार सारिएको आयोजक हिडन ट्रेजरले जनाएको छ ।

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भएका कारण सरकारले शुक्रबार शोक घोषणा गर्दै सार्वजनिक विदासमेत दिएको छ । यसवर्षको मिस नेपालमा १९ जना प्रतिष्पर्धी सहभागी छन्
कमेन्ट गर्नुहोस्
