
लक्ष्मीप्रसाद सापकोटा पर्वत ४ वैशाख / मुक्तिनाथ बिकास बैंक, लघुबित्त बिभागका कर्मचारीबाट बैंकको नगद लुट्ने एक जनालाई प्रहरीले पक्रेको छ। बैंकको २ लाख ३४ हजार रुपैया लुटेको अभियोगमा स्याङ्गजाको वहाकोट गाबिस वडा नं ७ घर भै हाल पुतलीबजार नगरपालिका –३ गेउडाडा बस्ने रामबहादुर दर्जीलाई प्रहरीले पक्रेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्गजाबाट खटिएको प्रहरी निरीक्षक इन्द्र सुबेदीको टोलीले घरमै लुकेर बसेको अबस्थामा अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।
दर्जीलाई घरमै लुकेर बसेको अवस्थामा बैंककी फिल्ड सहायक ज्ञानुमाया थापाले गाउँबाट ऋणको किस्ता उठाएर ल्याएको रकम २ लाख ३४ हजार, र एक थान मोबाइल बुधबार बिहान चोरी गरेका थिए ।
अभियुक्तले पुतलीबजार नगरपालिकाको वडा नं ३ काफलडाँडामा पुगेको अवस्थामा बैंककी फिल्ड सहायक थापालाई नियन्त्रणमा लिएर नगद र मोबाइल लुटेको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रहरी निरीक्षक इन्द्र सुबेदीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले शुक्रबार पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गरेको छ। अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
