बहुमतीय प्रक्रियाको बिरोध गर्दैनौं–एमाओवादी

Share:

काठमाडौं, वैशाख ५ / एकीकृत नेकपा माओवादीले संविधान निर्माणमा वहुमतीय प्रक्रियाको विरोध नगर्ने बताएको छ । संविधानसभामा रहेका एमाओवादी लगायतका १८ वटा दलले सहमतिका आधारमा संविधान बनाइनुपर्ने भन्दै माघको पहिलो हप्तादेखि आन्दोलन गर्दै आएकामा एमाओवादी प्रवक्ता दिनानाथ शर्माले अब आफ्नो पार्टी प्रक्रियाको वाधक नबन्ने बताउनुभएको हो ।

dinanath-sharmaशनिबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी उहाँले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले कि त विपक्षी दलहरुसँग सहमति गर्नुपर्ने नभए वहुमतीय प्रक्रियाबाट संविधान बनाउनुपर्ने बताउनुभयो । उहाँले काँग्रेस र एमालेबीचको विवाद्का कारण संविधानसभाबाट संविधान नबन्ने खतरा बढेको भन्दै एमाओवादीमाथि दोष थोपरेर संविधान नबनाउने कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो ।

शर्माले महाधिवेशन नजिकिएका कारण सत्तारुढ नेपाली काँग्रेस तत्काल संविधान जारी गर्ने पक्षमा नरहेको दाबी गर्नुभयो । एमाओवादीले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणप्रति सरकार गम्भिर नभएको आरोप पनि लगाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: