५ बर्ष हराउँदा निखिलले बनाए सिक्स प्याक

Share:

काठमाडौं, वैशाख ८ / सिक्स प्याक्सको चलन बलिउडमा त खुबै पाइन्छ । नेपाली फिल्ममा भने अभिनेताहरुले आफ्नो शरीरलाई मेन्टेन गरेको देखिदैन । सायद, यसैले पनि होला अभिनेताहरुको शरीरको आलोचना भएको पाइन्छ ।

nikhilकरिब ५ बर्ष नेपाली फिल्मबाट एकाएक हराएका अभिनेता निखिल उप्रेती अहिले भैरव फिल्मबाट फर्किएका छन् । आफैले निर्माण तथा निर्देशन गरेको यो फिल्मबाट निखिलले नेपाली फिल्ममा फेरि नयाँ द्धन्द्धको सुरुवात गर्छन् पनि भनिन्छ ।

तर, निखिलले यो फिल्ममा यती मात्र देखाउने छैनन् । यो फिल्ममा निखिलको सिक्स प्याक्स देख्न सकिन्छ । हालै मात्र सार्वजनिक भएको यो फिल्मको पोष्टरमा निखिलको सिक्स प्याक्स छ । तर, धेरैलाई लाग्न सक्छ, यो प्याक्स नक्कली हो । तर, निखिलले ५ बर्षमा निर्देशक बन्ने खुबी मात्र लिएका छैनन्, आफ्नो शरीर पनि बनाएका छन् ।

निखिलको सिक्स प्याक्स सक्कली हो । केही दिनमा नै आयोजना हुने फिल्मको एक कार्यक्रममा निखिल सर्ट उतारेर सिक्स प्याक्स देखाउँदैछन् ।अनु शाहको समेत मुख्य भूमिका रहेको यो फिल्मले तराइमा हुने गरेको नेपाली नेपालीको लडाइलाई देखाएको छ ।

filmykhabar.com

कमेन्ट गर्नुहोस्
Share: