
काठमाडौं : आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।
नेपालले यूएईलाई ८ विकेटले हराउँदै विश्वकपका लागि स्थान सुरक्षित बनाएको हो । ८ विकेट गुमाएर यूएईले १ सय ३४ रन बनाएको थियो ।
आशिफ शेखले ६३ रन र कप्तान रोहित पौडेलले ३५ रन अविजित रहे। यसअघि गुलशन झा २२ रन बनाएर आउट भए। यस्तै, कुशल भुर्तेल ११ रन बनाएर आउट भए ।
यूएईविरुद्ध कुशल मल्लले व्यक्तिगत तीन, सन्दीप लामिछानेले दुई, कप्तान रोहित पौडल र सोमपाल कामीले एक विकेट लिए ।
कमेन्ट गर्नुहोस्
