सेती नदिमा पनि पहिरो खस्यो, खतरा छैन्

Share:

पोखरा ३० बैशाख । मंगलबार दिउसा आएको भूकम्पले ६५ जनाको ज्यान गएको छ भने दुई हजार बढि घाइते भएका छन् । थु्रपै ठाँउमा सडक अवरुद्ध भएका छन् । भने पहिलो समेत गएको छ । भुकम्पकै कारण पोखराको सेती नदिमा पनि पहिरो गएको छ । पोखराको सेती नदी किनारको डिल भत्किएको छ ।

 बगरस्थित पृथ्वीनारायण क्याम्पस पारीको डिल भूकम्पको कम्पनका कारण भत्किएको हो । त्यस ठाउँमा सेतीले खियाएर निकै गहिरो बनेको थियो ।सेतीले खियाएको भाग भत्किएपछि सेती थुनिनसक्ने खतरा रहेको भन्दै पोखरेलीहरु त्रसित बनेका छन् ।

 यद्यपी सेती नदीमा अहिले पानीको सतह र वहाव निकै थोरै रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ ।तर सतर्क रहन प्रहरीको सुझाव छ । सेतीको डिल भत्किएपनि सेती नदी आफ्नै धारमा बगिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: