भूकम्प अपडेट : १३६ जनाको मृत्यु, १८५ घाइते

134
0
Share:

 

काठमाडौं : जाजरकोटमा गएको भूकम्पमा परी एक सय ३६ जनाले ज्यान गुमाएका छन्। प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जना रहेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटिरहेका छन् । उनी चिकित्सक टोली र राहतसामग्रीसहित प्रभावित क्षेत्रमा पुगेका हुन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

यसैबीच भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार राहत तथा उद्धारका लागि चिकित्सकसहितको टोली घट्नास्थलमा पुर्‍याउने काम भइरहेको छ ।काठमाडौं, सुर्खेत र नेपालगञ्जमा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको उनले बताए ।

 

गए राति ११ :४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: