
एजेन्सी, १ जेठ / स्लामिक स्टेटका नेता अबु बकर अल बग्दादीले हतियार उठाएर लडाइँ गर्नु प्रत्येक मुसलमानको धर्म भएको बताएका छन् ।
एक अडियो सन्देश सार्वजनिक गर्दै उनले मुसलमान कुनै पनि बहानामा लडाइँबाट भाग्न नहुने र भन्दै उनले सबै मुसलमानलाई आफूहरुसँगै सामेल भएर लडाइँका लागि हतियार उठाउन अनुरोध गरेका छन् ।
पछिल्लो समयमा बग्दादीको यो पहिलो अडियो सन्देश हो । यो उनको आधिकारीक अडियो हो कि होइन भन्ने कुरा भने प्रमाणित भएको छैन ।
अडियो सन्देशमा मुसलमानलाई सिरिया र इराक जानका लागि अपिल गगरिएको छ । दुवै मुलुकमा स्लामिक स्टेटले आफ्नो विद्रोह जारी राखेको र थुप्रै स्थान आफ्नो कब्जामा राखेको बताउँदै आएका छन् ।
कमेन्ट गर्नुहोस्
