
आइसिसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भारतको इडेन गार्डेनमा जारी सेमिफाइनलमा ४९.४ ओभरमा अलआउट हुँदै दक्षिण अफ्रिकाले २१२ रन बनाएको हो।
दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए। यस्तै हेनरिच क्लासेनले अर्धशतक बनाउनबाट चुके। उनी ४७ रन बनाएर आउट भएका हुन्।
जेराल्ड कोत्जीले १९ रन, एडेन मार्क्रमले १० रन, कागिसो राबाडाले १० रन बनाए। अन्य खेलाडीले दुई अंकको रन जोड्न सकेनन्।
अस्ट्रेलिया ७ पटक फाइनलमा पुग्दा ५ पटक विजेता बनेकाे छ भने दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पुग्न सकेकाे छैन ।
आजकाे खेल जित्ने टाेलीले फाइनलमा भारतसँग खेल्नेछ । हिजाे राति भएकाे पहिलाे सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा पुगेकाे छ । फाइनल खेल आउँदाे आइतवार अहमदाबादमा हुनेछ ।
