विप्लवको कार्यक्रमा यसरी पिटिए निर्दोष कुँवर

Share:

काठमाडौं, जेठ ३ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले राजधानीमा आयोजना कार्यक्रममा एक निर्दोष व्यक्ति पिटिएका छन् । कार्यक्रम स्थलमा केही आक्रोशित युवाहरुले विपत्को बेला राहत नपाएको अवस्थामा पत्रकार सम्मेलन गरेर केही नहुने भन्दै आक्रोश पोखिरहँदा उक्त स्थितिमा झडप हुँदा सुदीप कुँवर नाम गरेका युवक विप्लवको कार्यक्रममा पिटिएका हुन् ।

नेकपा माओवादीले वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पुर्नस्थापना र पुर्ननिर्माणका लागि पार्टीले लिने रणनीतिका बारेमा जानकारी गराउन आज राजधानीको खुल्ला मञ्चमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रममा पार्टीका महासचिव विप्लव स्वयंको उपस्थिति रहेको थियो । यद्यपि, विप्लवले पत्रकार सम्मेलनको औचित्य पुष्टि गर्न सकिरहेका थिएनन् ।

खुलामञ्चमा आयोजित कार्यक्रममा पत्रकारहरुको साथै स्वभाविक रुपमा त्यहाँ आसपासका क्षेत्रमा त्रिपालमा बसिरहेका युवा तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । विपत्का बेला पर्याप्तरुपमा राहत नपाइरहेको अवस्थामा सर्वसाधारणमा राजनीतिक दलहरुको प्रति आक्रोश त्यहाँ पनि देखिएको थियो ।

पत्रकार सम्मेलन चलिरहँदा कार्यक्रम स्थलको पछाडि पट्टी रहेका केही युवाहरुले विपत्का बेला राहतको साटो नेताहरुको भाषणको काम छैन, ‘राजनीतिक दलले देशमा केही गर्न सक्दैन, यिनीहरुलाई देशबाट खेद्नुपर्छ भन्दै’ हल्ला गरिरहेका थिए । ती युवाहरु कार्यक्रम स्थालमा केवल पत्रकार र सर्वसाधारण मात्र नरहेको र विप्लवको कार्यकर्ताहरु पनि रहेको कुराबाट अनभिज्ञ थिए ।

उनीहरुको हल्ला गरिरहँदा विप्लवका कार्यकर्ता र त्यहाँ रहेका युवाहरुबीच भनाभन शुरु भइरहेको थियो । त्यतिकैमा त्यहाँ रहेका युवाहरु मध्ये रहेका एकले ‘ढुंगा हान’ भन्ने अभिव्यक्ति दिए । त्यसपछि विवाद् झडपमा परिणत भयो ।

biplav program kutpit (1)

यसअघि स्थिति विग्रिरहँदा शुरुमा उत्तेजक कुरा गरिरहने युवाहरु बिस्तारै त्यहाँबाट ब्याक भइसकेका थिए । जब ‘ढुंगा हान’ भन्ने अभिव्यक्ति आयो त्यहीँ रहेका कुँवर, माथि विप्लवका एक कार्यकर्ता खनिए । उनीमाथि एक कार्यकर्ता खनिएपछि कुँवरमाथि सबै एकैपटक खनिए । प्रहरीले उनलाई बचाउने प्रयास गरिरहे पनि विप्लवका कार्यकर्ताहरुले उनीमाथि आक्रमण गरिरहे ।

त्यहाँ उपस्थित सर्वसाधारणका अनुसार पनि हल्ला गर्ने अरु नै भए पनि कुँवर त्यहाँ उभिएकै कारणले कुटिन पुगे ।

महाबौद्धस्थित मित्र युवा क्लबका सदस्य रहेका न्युरोडका बासिन्दा कुँवर उद्धार समेत खटिएका थिए ।

Ratopati.com

कमेन्ट गर्नुहोस्
Share: