फुटपाथमा व्यापार नगर्न पोउवा संघको अनुरोध

Share:

पोखरा, ७ जेठ
पोखरा उद्योग वाणिज्य संघले पोखरा नगर क्षेत्रको फुटपाथमा अनधिकृत रुपले व्यवसाय नगर्न र त्यस्तो व्यवसायलाई प्रोत्साहन नगर्न सरोकारवालासँग आग्रह गरेको छ ।
संघका महासचिव रवीन्द्रबहादुर प्रजुद्धारा विहीबार जारी विज्ञप्तिमा फुटपाथ पैदलयात्रीकै लागि सुरक्षित गर्न समेत आग्रह गरिएको छ । २०६९ सालमा पोखराको सडकमा हुने अनधिकृत व्यवसाय हटाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको संघले पछिल्लो समय सडक पेटीमा व्यवसाय बढेपछि यो कदम चालेको हो ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख क्षेत्रीय प्रशासक दीनेशकुमार थपलिया, कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावत, पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उदयबहादुर राना, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक श्याम अर्याल, पोखरा उपमहानगरपालिकाका बरिष्ठ निरीक्षक श्री बसन्तप्रसाद चालिसे, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, द्धितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रवीन्द्रबहादुर प्रजु, उपमहासचिव प्रकाशदेव पालिखे, कोषाध्यक्ष दीलिपराज श्रेष्ठ तथा पोखरा उपमहानगरपालिका वडा नंबर ९ का वडा सचिव लोकदर्शन कोइरालासमेतको बैठकले फुटपाथ व्यवस्थापनको लागि पोखरा उपमहानगरपालिकाका बरिष्ठ निरीक्षक बसन्त चालिसेको संयोजकत्वमा फुटपाथ व्यवस्थापन समिति गठन गरिएको छ ।

सो समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक श्याम अर्याल, पोखरा उद्योग वाणिज्य संघ एवं जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधी सदस्य रहने निर्णय समेत भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: