चितवनको भरतपुरमा गोली चल्यो, एकजना गम्भिर घाईते

315
0
Share:

चितवन, १३ जेठ/ चितवनको भरतपुर उप महानगरपालिका वडा नम्बर ६ यज्ञपुरीमा गोली लागेर एकजना घाईते भएका छन् । गएराती करिब २ बजेको समयमा यज्ञपुरीको एक घरमा सुतिरहेका व्यक्तिमाथी गोली प्रहार भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

यज्ञपुरीका २३ बर्षीय राजन खड्कामाथी गोली प्रहार भएको हो । उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घाईतेको अवस्था गम्भिर छ । प्रहरीले खड्कामाथी गोली प्रहार गर्ने नवलपरासी दलदले निवासी २५ बर्षीय मणिप्रसाद काफ्लेलाई पक्राउ गरेको छ । उनले के कारणले गोली हानेका हुन् भन्ने खुलिसकेको छैन ।

गएराती १२ बजेर २० मिनेटमा पनि यज्ञपुरी आसपासमा गोली चलेको स्थानीय बासिन्दाले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: