माधब पनेरु, पोखरा, जेष्ठ १३ / स्व.पत्रकार कृष्ण सेन ईच्छुक को स्मृति दिबस पोखरामा पनि सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा उनको स्मृतिमा सेनको फोटोमा माल्यार्पण गरीयो ।
पत्रकार महासंघमा भएको कार्यक्रममा अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रताका सेनानी माधब शर्माले माल्र्यापण गरे । साथै सो अबसरमा सहभागि पत्रकारहरुले पनि स्व. पत्रकार सेनको तस्वीरमा फुल तथा अबिरले माल्र्यापण गरेका थिए । कार्यक्रममा सहभागि पत्रकार पुण्य पौडेलले स्व. सेनका बारेमा स्मरण गरेका थिए । सोही अबस्थामा आफुले नेपाल पत्रकार महासंघ, कास्कीको नेतृत्व गरेको स्मरण गर्दे पत्रकार पौडेलले स्वतन्त्र रुपमा पत्रकारीता गर्न बाट राज्यले नै रोक लगाउनु र एउटा पत्रकारलाई हिरासतमा रहेको अबस्थामा पनि र्निमम तरिकाले हत्या गर्नु राज्य आतंकको पराकाष्ट भएको उनको भनाई थियो ।
युद्ध पछिको अबस्थामा बनेको माओबादीको सरकारले समेत त्यो बेलामा प्रत्यक्ष संलग्न भएकाहरुलाई कार्वाहीको सट्टा बढुवा गरेर फुल थप्ने काम माओबादीको सरकारले नै गर्नु र अन्य दलहरु साक्षी बस्ने काम गरेकोमा उनले असहमति प्रकट गरे । औपचारीक कार्यक्रममा भएपनि भाषण नगरीकन केवल स्व ईच्छुकको तस्वीरमा माल्र्यापण गर्ने काम मात्र गरिएको थियो । सो कार्यक्रममा स्थानिय प्रसासन, सुरक्षा निकाय, मानवअधिकार आयोग, राजनितिक दलका प्रतिनिधि, पत्रकारहरुको सहभागिता रहेको थियो ।
स्वर्गिय पत्रकार सेन लाई २०५९ साल जेष्ठ १३ गते तत्कालीन महेन्द्र पुलिस क्लवमा र्निमम यातना दिएर हत्या गरिएको थियो । जनआस्था साप्ताहिकका प्रधान सम्पादक रहेका सेनलाई नयाँ बानेश्वर बाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
