दाताहरुबाट अनुदान वा सरल व्याजदरमा ऋण मात्रै लिने सरकारको तयारी

Share:

काठमाडौं, जेष्ठ १६ ।अर्थमन्त्री डा. रामशरण महतले सरकारले दाताहरुबाट अनुदान वा लामो अवधिको सरल व्याजदरको ऋण मात्रै लिने बताएका छन् । उनले भूकम्पपछि पुनःनिर्माणका लागि आवश्यक ठूलो रकम दातृ निकायबाट लिनुपर्ने भएपनि बजार भाउअनुसार ऋण नलिने प्रष्ट पारेका हुन् ।

mahatमन्त्री महतले सरकारको प्राथमिकता अनुदान भएपनि कतिपय दातृ निकायले ऋणलाई प्राथमिकता दिने गरेकाले सहुलियतपूर्ण व्याजमा ऋण लिन सकिने बताए ।

शनिबार रिपोर्टस् क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री महतले भूकम्पपछि राहतको काम सकिएको भन्दै अब पुनःनिर्माणको काम सुरु हुने बताए ।

पारदर्शीका लागि पुनःनिर्माणका लागि बैंकिङ प्रणालीबाट मात्रै रकम लिने÷दिने व्यवस्था गरिने भन्दै उनले आगामी साउनदेखि मुलुक पुनःनिर्माणमा केन्द्रित हुने बताए ।

आगामी बजेटमा नयाँ कार्यक्रम नल्याइने र चालु राष्ट्रिय प्राथमिकताका आयोजनालाई भने निरन्तरता दिइने पनि मन्त्री महतले बताए ।

कमेन्ट गर्नुहोस्
Share: