आगलागीमा १७५ जनाको मृत्यु, घानामा तीनदिने राष्ट्रिय शोक

Share:

काठमाडौं, जेष्ठ २२ । अफ्रिकीमुलुक घानाको राजधानी आक्रास्थित एक पेट्रोल स्टेसनमा भएको आगलागीमा परी १ सय ७५ जनाको मृत्यु भएपछि तीनदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

ghanaआगलागीको घटनापछि देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति जोन डरमानी माहम्माले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकाट गर्दै तीनदिने राष्ट्रिय शोकको घोषणा गरेका हुन् ।

घानामा लगातार मुसलधारे वर्षा भइरहेकाले पेट्रोल स्टेसनमा ओत लाग्न मानिस जम्मा भएको बेला आगलागी भएको थियो ।

दुईदिने भीषण वर्षाले जनजीवन अस्तव्यस्त भइरहेका बेला भएको आगलागीले आक्राबासीमा पीडा थपिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: