
पोखरा, जेष्ठ २३ । पोखराका पर्यटन व्यवसायीले व्यवसाय बन्द गरेर स्वदेश फर्किका चिनियाँ र भारतीय व्यापारीलाई व्यवसायमा फर्कन आग्रह गरेका छन् ।
शक्तिशाली भूकम्पपछि पोखरामा पर्यटक नआएको भन्दै भारतीय एवं चिनियाँ व्यवसायीहरु व्यवसाय बन्द गरी फर्किएका छन् । व्यवसायीहरु पुनः व्यवसायमा फर्किएमा त्यसले सकारात्मक सन्देश दिने भन्दै पोखराका पर्यटन व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन् ।
लेकसाइड क्षेत्रमा व्यवसाय गर्दै आएका भारतीय, चिनियाँ र तिव्बतियन व्यवसायीहरु व्यापार बन्द गरी जाँदा लेखसाइड क्षेत्र झन् सुनसान देखिएको भन्दै पुनः व्यवसायमा फर्कन आग्रह गरिएको हो ।
पोखरामा भारतीय व्यवसायीहरुले पश्मिनाको र चिनियाँ व्यवसायीहरुले होटल तथा रेस्टुरेन्टको व्यापार गर्दै आएका छन् ।
