छाडा कुकुर व्यवस्थापनका लागि होस्टल

Share:

बागलुङ : बागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि रु एक करोड लागतमा कुकुर होस्टल निर्माण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुकुरलाई पालनपोषणसहितको होस्टल बनाउने उल्लेख गरेको थियो ।

यसका लागि नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही माघ २५ गते सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए । नगरपालिकाको रु ३५ लाख र मुख्यमन्त्री कार्यालयको रु ६५ लाख बजेटमा सो होस्टल निर्माण उनले बताए ।

“बागलुङ नगरपालिकाले नीति तथा कार्यक्रममार्फत रु २० लाख बजेट विनियोजन गरेको थियो, पछि मुख्यमन्त्री कार्यालयसँग साझेदारीमा रु एक करोड लागतमा होस्टल निर्माण र व्यवस्थापनसहितको सम्झौता भएको हो”, प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने ।

उनका अनुसार होस्टल निर्माण गरी असारभित्रै कुकुरका व्यवस्थापन गरिनेछ । होस्टलमा पशु चिकित्सकसहित हेरचाह गर्ने मानिसको समेत व्यवस्थापन हुनेछ । कुकुर होस्टल निर्माण गर्न जग्गा खोजीरहेको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: