
रञ्जन अधिकारी पोखरा, २६ जेठ । दुवै मृगौलाले काम नगरेपछि अस्पतालमा थलिएका डिलबहादुर नेपालीका छोरा सुजन नेपालीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सिन्धुली दुम्झा ३ कुशेश्वर घर भई अहिले पोखरामा अध्ययन गर्दै आएका सुजनको बुवा आर्थिक अभावले उपचार गर्न सक्ने स्थितिमा नरहेको र पोखरा विश्वविद्यालय अन्तर्गत पूर्ण छात्रवृत्तिमा पढ्दै आएका सुजन पनि पढ्न नसक्ने अवस्थामा रहेकाले सहयोगको याचना गर्दै बिग एफएममा न्युज र रिपोर्ट प्रसारण भएको थियो ।
सुजनको परिवारका लागि केहि भएपनि सहयोग पुग्छ भन्ने सोचले लायन्स क्लब अफ पोखरा बिन्दबासिनीका संस्थापक अध्यक्ष पोखरा १८ देउराली टोल निवासी बोधराज कार्कीले मंगलबार सुजनको जिरो किमि स्थित डेरामै पुगेर खाद्यान्न र नगद पाँच हजार पाँच सय पाँच रुपैंया प्रदान गरे । ‘समाचार पढेपछि तत्काल उनको नम्बरमा फोन गरेँ र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएँ ।’ समाजसेवी कार्कीले भने– ‘पढ्नमा विद्वत व्यक्तित्व, पारिवारीक तनावले खान समेत नखाएर चिन्तामा रहेको अवस्थाले मलाई नै खिन्न बनायो । सक्दो सहयोग पछि पनि गरिरहनेछु । उनले पढाई छाड्नुपर्दैन ।’ नेपाली काँग्रेस पोखरा १८ वडा सभापति समेत रहेका कार्कीले चामल, चिउरा, चाउचाउ, दालमोठ पनि प्रदान गरे भने उनलाई पकाउने भाँडा समेत सहयोग गर्ने बताएका छन् ।
सो अवसरमा अमेरिका निवासी पोखरा ५ मालेपाटनकी विजया गिरीले पठाएको पाँच हजार रकम सहयोग अभियान संचालन गरेका पत्रकार रञ्जन अधिकारीले सुजनलाई हस्तान्तरण गरे । यसअघि, पाँच हजार प्रदान गरिसकेकी गिरीले फेरि पाँच हजार पठाएकी हुन् । टोलीमा रहेका लायन्स क्लब अफ पोखरा बिन्दबासिनीका ललित बानियँँले एक हजार प्रदान गरे । टोलीमा क्लबका बसन्त कार्कीका साथै पत्रकारहरु नविन सिग्देल, घनश्याम पाण्डेको उपस्थिति थियो ।
यस्तै, हङकङ निवासी सिर्जना मल्लले सुजनका लागि पठाएको १० हजार रुपैंया फेसबुक अभियन्ता मोहनराज बराल ‘मुन’ ले हस्तान्तरण गरे । सोहि अवसरमा बिरौटा क्लबका अध्यक्ष सुर्यप्रसाद बरालले पाँच हजार नगद प्रदान गरे । सिद्धार्थ ईन्स्योरेन्स, पोखराका म्यानेजर गोविन्दप्रसाद देवकोटाले पनि पाँच हजार प्रदान गरेका छन् । ‘सुजन भाइलाई पोखरामा राम्रो काम आवश्यकता परेको न्युजमार्फत थाहा भयो ।’ देवकोटाले भने– ‘उनको ईन्स्योरेन्स कार्यालयमा काम गर्ने दक्षताका आधारमा कामको व्यवस्था गर्नेबारे पनि सोचेको छु ।’
सहयोग प्राप्त भएपछि तत्कालका लागि केहि राहत मिलेको बताउँदै सुजनले बुबाको शल्यक्रियाका लागि धेरै रकमको आवश्यक पर्ने बताए । उनले सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दै अन्य ठाउँबाट पनि सहयोग आउने क्रममा रहेको बताए । युवाहरुको फेसबुक समूह मेन्स रुम रिलोडेडमा पनि सुजनलाई सहयोगका लागि अभियान नै चलेको छ । ग्रुप मेम्बर यूएसबाट ईन्द्र पौडेलले आठ हजार, सिन्धुलीका अम्रेश पोखरेलले क्यानडाबाट पाँच हजार नगद पठाईदिएका छन्, पाल्पाका विक्रम कुँवरले एक हजार पठाएका छन् भने पोर्चुगलका निश्चल क्षेत्रीले दुई हजार पठाएको नारायण रिजालले जानकारी दिएका छन् । आकाश अधिकारी, अरुण पाण्डे लगायत सहयोग अभियानमा लागेका छन् ।
भुकम्प पीडित मध्येका एक सुजनलाई बुबाको उपचारका लागि पैसाको जोहो भए मृगौला दिने मान्छे तयार रहेकाले आफू पनि केहि काम गरेर पढाई अघि बढाउने सोचमा छन् । सहयोगी मनले सहयोगी मनले नविल बैंकको खाता नम्बर १७७१५२४०९०२४२९ वा सुजनलाई ९८१८५११८३० मा सम्पर्क गर्न सक्नेछन् ।
यो पनि पढ्नुहोस्:
बुबा दुवै मृगौला रोगी, प्रतिभावान् छोराको भविष्य अन्यौल
समाचार प्रभावः मुटुरोगी विष्णुको उपचार हुने भयो,



