सात दिनभित्र सम्पर्कमा आउन १८ प्रहरीलाई प्रधान कार्यालयको निर्देशन

203
0
Share:

काठमाडौं : नेपाल प्रहरीले गैरहाजिर रहेका १८ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी एक सहायक निरीक्षक, एक वरिष्ठ हवलदार, तीन सहायक हवलदार र १३ जवानलाई तत्काल सम्पर्कमा आउन भनेको हो।

‘केही प्रहरी मंसिरदेखि गैरहाजिर छन् । खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा आएका छैनन्। सात दिन भित्र हाजिर हुन आउनू,’ प्रहरी प्रधान कार्यालयले सूचनामा भनेको छ ।

कमेन्ट गर्नुहोस्
Share: