शान्ति स्थापनार्थ २१४ जना नेपाली सेना लेवनानतर्फ

204
0
Share:

काठमाडौं : शान्ति स्थापनार्थ नेपाली सेनाका २१४ जना लेवनानतर्फ प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लेवननमा तैनाथ श्री पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फालाई बदली गर्नको लागि श्री ईन्द्रध्वज गण (शान्ति सेना) ६५ औं डफ्फाका २१४ जना नेपाली शान्ति सैनिकहरु गणपति प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा आइतबार साँझ लेवनान हिँडेका हुन्।

जंगी अड्डाका अनुसार सो मिसनमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका २०८ जना नेपाली शान्ति सैनिकहरू सेनानी सुशिल बाँनियाको नेतृत्वमा आज मात्र स्वदेश फर्किएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका ८७३ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: