४ जना मृत अवस्थामा फेला

362
0
Share:

काठमाडौं : ४ जना मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पूर्व, गैंडकोट नगरपालिका-१२ शिख्रौलीघाट नारायणी नदीमा सोही नगरपालिका हर्कपुर बस्ने ६५ वर्षीय नेत्र बहादुर बिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-१ स्थित कल्भर्टमा गढी गाउँपालिका-६ बस्ने ४२ वर्षीय चित नारायण माझी गएराति मृत अवस्थामा फेला परेका छन् ।

कालीकोट, शुभकालिका गाउँपालिका-२ भर्तागार्ड खोलाको भुनछहरा दहमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-३ न्युरोडस्थित सडकको छेउमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: