बोल्सोनारोका ७ लाखभन्दा बढी समर्थक सडकमा

136
0
Share:

ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका ७ लाखभन्दा बढी समर्थक फेरि सडकमा उत्रिएका छन् । उनीहरूले बोल्सोनारो विरुद्ध कूको प्रयास गरेको आरोपको विरोध  गरेका छन् । चुनावी प्रतिबन्धको पनि विरोध गरे ।

आइतबार बोल्सोनारोलाई जनवरी २०२३ मा भएको हिंसाको बारेमा सोधपुछ गरिएको थियो। यसै क्रममा उनीमाथि सन् २०२२ को अक्टोबरमा भएको चुनावमा पराजयपछि कु’को प्रयास गरेको आरोप लागेको थियो । बोल्सोनारोले यी आरोपहरूलाई अस्वीकार गर्दै निराधार रहेको बताएका छन् ।

ब्राजिलमा सन् २०२२ को अक्टोबरमा राष्ट्रपतिको निर्वाचन भएको थियो। यी चुनावमा बोल्सोनारो करिब २१ लाख ३९ हजार मतले हारे र लुइज इनासियो लुला दा सिल्भा विजयी भए । लुला दा सिल्भाले १ जनवरी २०२३ मा शपथ लिएका थिए।

एक हप्ता पछिहजारौं बोल्सोनारो समर्थकहरूले पुलिस ब्यारिकेडहरू तोडेर संसद, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरे र तोडफोड गरे। यसपछि हड्ताल मच्चाउने ४ सय जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: