
काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि एक साता दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले आज सूचना जारी गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाइन भूमिगत गर्ने कार्य भइरहेकाले सेवा अवरुद्ध हुने जानकारी दिएको हो।
प्राधिकरणका अनुसार बुधबारदेखि फागुन २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ।
कमेन्ट गर्नुहोस्

