बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ

196
0
Share:

 

काठमाडौं : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले  सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौंले गरेको फैसलालाई उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको हो।

 

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार र बुधबार पनि पक्ष-विपक्षका वकिलहरूले बहस गरेका थिए। बहस पनि सकिएपछि न्यायाधीशद्वयले सन्दीपको पक्षमा फैसला आएको हो।

 

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो।

कमेन्ट गर्नुहोस्
Share: