प्रधानमन्त्रीले पाए चौथोपटक विश्वासको मत

152
0
Share:

 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार चौथो पटक विश्वासको मत प्राप्त गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले विश्वासको मत लिनु परेको हो

विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७  मत, प्रस्तावको विपक्षमा शून्‍य मत परेको र प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको हो। प्रतिनिधि सभामा सोमबार १५८ सांसद उपस्थित थिए।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन्।

जसपा नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

यसअघि दाहालले तीन पटक विश्वासको मत लिइसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: