सफल मानिस बन्न के के गर्नुपर्छ ?

Share:

काठमाडौँ। केहीँ मानिसहरु आफ्नो जीवनमा अत्यन्त सफल हुन्छन्। सफलताले उनीहरुको कदम चुमिरहेकै हुन्छ र आफ्नो काममा पनि उनीहरूले राम्रो प्रगति गरिरहेकै हुन्छन्। यस्ता मानिसहरुसँग पैसाको कुनै कमी हुँदैन।

सफल मानिसहरुका यस्ता केहि बानीकै कारण उनीहरुले सफलता हासिल गर्छन्। तपाईँले पनि यस्ता बानीहरु अपनाउनु भएमा सफलता पाउन सक्नुहुनेछ। आज हामी यस्तै ६ बानीहरुका बारेमा बताउन गइरहेका छौँ।

४ देखि ६ बजेको बीचमा उठ्ने

सफल मानिसहरुमा बिहान छिटै उठ्ने बानी हुन्छ। उनीहरु बिहान ४ देखि ६ बजेसम्म उठि सक्छन् । यसरी उठ्दा उनीहरु दिनभरको योजना बनाउन र आफ्नोका लागि समय निकाल्न पाउँछन्।

रुटीन बनाउने

सफल मानिसहरूले आफ्नो पुरै दिनको रुटीनका हिसाबले समय व्यवस्थापन गर्ने गर्छन् । हरेक नयाँ दिनमा उनीहरुले आफ्नो लक्ष्य निर्धारित गर्छन् । सो लक्ष्य पुरा गर्न उनीहरुले आफ्नो उर्जा प्रयोग पनि गर्छन्।

सिक्ने

सफल मानिसहरु हरेक कुराबाट केहि न केहि सिक्ने कोसिस गरिरहेका हुन्छन् । उनीहरुले आफूभन्दा ठुलासँग त सिक्छन् नै तर आफूभन्दा सानासँग पनि उनीहरुले ज्ञान लिन हिचकिचाउँदैनन्। यसबाट ती व्यक्तिहरुले समयसँगै परिवर्तन हुनमा सहयोग मिल्छ । यसरी बजारमा उनीहरुको माग कहिल्यै कम हुँदैन ।

 

पुस्तक पढ्ने

विश्वका जति पनि सफल र चर्चित व्यक्तित्वहरु छन् उनीहरू लगभग सबलाई पुस्तकसँग लगाव हुन्छ। किताबहरुले विश्वलाई लिएर हाम्रो सोचलाई विस्तार गर्दछ र हाम्रो ज्ञानमा फाइदा पुग्छ । अलग अलग किताब पढेमा नयाँ विचारहरुसँग अवगत भइन्छ।

स्वस्थ जीवनशैली

सफल मानिसहरुले आफ्नो मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्ने गर्दछन्। उनीहरु स्वस्थ हुनुको अर्थ बुझ्छन्। सोहि कारण, यस्ता व्यक्तिहरुले स्वस्थर्वद्धक खाना खान्छन् र शारीरिक गतिविधिमा पनि सक्रिय रहन्छन्।

समय व्यवस्थापन

सफल मानिसहरुले आफ्नो समयको पनि सदुपयोग गर्ने गर्छन्। उनीहरुले आफ्नो समयको सही व्यवस्थापन गर्दछन्। यसरी उनीहरुको कुनै पनि काम बाँकी रहँदैन । उनीहरु आफ्नो काममा धेरै उत्पादनशील रहने गर्छन्।

कमेन्ट गर्नुहोस्
Share: