पोखरामा नेपाल गम्किँदा काठमाण्डौंमा ओली चम्किए, के भने नेपाल, ओली र गौतमले ?

468
0
Share:

रञ्जन अधिकारी पोखरा, २६ जेठ / नेकपा एमालेको आगामी असार १९ देखि काठमाण्डौंमा हुने नवौं राष्ट्रिय महाधिवेशनका लागि आफ्नो पक्षमा माहौल बनाउन अध्यक्षका आकांक्षी नेताद्वय वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली पक्ष देशदौडाहामा छन् ।

पोखरामा गत जेठ ९ गते नेकपा एमाले गण्डकी अञ्चल समन्वय कमिटिले ओली पक्षीय नेताहरुलाई मात्रै आमन्त्रण गरेर गण्डकी धौलागिरी क्षेत्रका कार्यकर्ता भेला गरेर एक विचार गोष्ठी आयोजना गरेकोमा सोमबार अर्को समूह नेपाल पक्षीय नेताहरु पोखरा उर्लिए । ओली समूहको ‘जनताको बहुदलीय जनवादको दुई दशक, नेपाली समाजको आर्थिक, सामाजिक विकास, रुपान्तरण र त्यसको सान्दर्भिकता’ विषयक विचार गोष्ठी थियो भने नेपाल समूहले पनि यस्तै विषयमा सोमबार ‘नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन र जनताको बहुदलिय जनवादको सान्दर्भिकता’ विषयमा विचार गोष्ठी आयोजना ग¥यो ।  तर यस कार्यक्रमको आयोजना भने मदन भण्डारी अध्ययन केन्द्र, गण्डकीले गरेको हो ।

यसअघि, पार्टीको अञ्चल कमिटिको नामबाट ओली गुटको मात्रै कार्यक्रम भएकोमा नेपाल समूहले पनि आफ्नो विचार कार्यकर्तामाझ बुझाउन गोष्ठी आयोजना गरेको केन्द्रका अध्यक्ष तुलबहादुर गुरुङले शनिबार पत्रकार सम्मेलन नै गरेर पत्रकारमाझ बताएका थिए । गोष्ठीमा वरिष्ठ नेता नेपालसँगै सचिव युवराज ज्ञवाली, पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे, श्रीमाया थकाली, केन्द्रिय सदस्यहरु गोकर्ण विष्ट, घनश्याम भुषाल, चुडामणि जंगली, सभासद्हरु सीता गिरी ओली, टेकु नेपाली लगायतको सहभागिता रह्यो ।

सोमबार नै काठमाण्डौं भृकुटी मण्डपमा स्वास्थ्यलाभपछि पहिलोपटक कार्यकर्तामाझ पुगेका संसदीय दलका नेता केपी शर्मा ओली, उपाध्यक्षद्वय बामदेव गौतम, विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोख्रेल, सचिव शंकर पोख्रेल, विष्णु पौडेल लगायतले यसै मञ्चबाट ओलीलाई अध्यक्ष घोषणा गर्ने र माधव नेपाललाई उठ्नै नसक्ने गरी पछार्नुपर्ने भन्दै आलोचना गरिरहँदा पोखरामा नेपाल समूहले भने ओलीको खासै कटाक्ष गरेनन् । गुटगत कार्यक्रम भएपनि नेपाल प्रतिष्पर्धी विरुद्ध शालीन ढंगले प्रस्तुत हुँदा कार्यकर्ताहरु भने काठमाण्डौंको भृकुटीमण्डपको माहौलबारे जिज्ञासा राखेको देखिन्थे ।

वरिष्ठ नेता नेपालले अब मूलुकलाई समृद्ध बनाउन नेकपा एमालेले जिम्मेवारी लिनुपर्ने भएकाले पार्टीलाई पहिलो बनाउन नेतृत्व पनि सशक्त चाहिने बताए । आफैं कमजोर भए के पार्टी चलाउने ? के देश चलाउने ? विचार हुनुप¥यो, नीति हुनुप¥यो ।’ नेपालले भने ‘एमाले लोकतान्त्रिक पार्टी हो । तानाशाह चल्दैन । दादागिरी देखाएर पार्टी चल्दैन ।’

उनले अज्ञानीहरुबाट विधानकै अपव्याख्या गरी १५ वर्ष बढि पार्टी चलाएको आरोप आफूमाथि लाग्ने गरेको भन्दै पार्टी अध्यक्ष पद्धतीय प्रणालीमा गएपछि एकपटक मात्रै नेतृत्व लिन तम्सिएको बताए । आफूलाई पद लोलुपताको आरोप लागेपनि आरोप लगाउनेहरु नै पदको लोभी बन्दा उर्मिला अर्यालहरु पार्टीबाट बाहिरिएको दाबी गरे । उपाध्यक्ष विद्या भण्डारीप्रति लक्षित गर्दै नेपालले भने ‘२०÷२० वर्षसम्म संगठन कब्जा गरेपछि उर्मिला अर्याल विरक्तिएर बाहिरिनुभयो । अचम्म, उल्टै ममाथि पदको लोभीको आरोप लाग्छ ।’ उनले पार्टी मिलाएर चलाउन नसक्दा यस्तो स्थिति आउने भन्दै पार्टीको बिजारोपण आफूहरुले गरेकाले पार्टी पनि आफूहरुले नै हाँक्ने बताए ।

‘पार्टी नेतृत्व लिने रहरको विषय होईन, भागवण्डा पनि होईन । निकै चूनौतिपूर्ण छ ।’ नेपालले भने  ‘मेचीदेखि महाकालीसम्मका कार्यकतालाई एकताबद्ध बनाउनुपर्नेछ, राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायको समर्थन लिनुपर्नेछ । जनतासामु पुगेर उनीहरु बीचमा रहनुपर्दछ । नेतृत्वको कुरा रहर गरेर मात्र हुँदैन।’ उनले एक कार्यकालपछि पार्टी युवाहरुलाई हस्तान्तरण गरिने समेत प्रष्ट पारे ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एमाओवादीका खराब कार्यकर्ता र नेतृत्व पैसाको आहालमा डुब्दा पाँच वर्षमै पार्टी बिलाउन लागेको तर्क गर्दै असल कार्यकर्ताको पार्टी एमालेमा डनबादलाई पश्रय दिन नहुने बताए । काँग्रेस पनि यथास्थितिवादको पक्षपोषक भएकाले अब जनताको आँखामा एमाले मात्र रहेको र यसलाई आशा र भरोषाको केन्द्र बनाउन त्यसै अनुसारको नेतृत्व चाहिएकाले कार्यकर्तालाई बुझेर अघि बढ्न आग्रह पनि गरे । उनले एमालेको नेतृत्वमै मुलुकमा गणतन्त्र आएको दाबी गरे ।

मुलुक अब अर्धसामन्त र अर्धऔपनिवेशिक अवस्थाबाट पूँजीबाद प्रवेशको चरणमा रहेकाले अबको लडाईं सामन्तबाद विरुद्ध होईन कि दलाल र नोकशाही पूँजीबाद विरुद्ध रहेको उनको भनाई छ । समाज विकासको क्रममा जबजलाई पनि समृद्ध बनाउँदै लैजानुपर्ने भन्दै नेपालले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता, सामाजिक न्यायलाई संलग्न गराउँदै जबजलाई कार्यान्वयन गरिनुपर्ने आवश्यकता औंलाए ।

एमाले सचिव युवराज ज्ञवालीले २०६२÷६२ को क्रान्तिपछि अब जबज कार्यान्वयन गर्ने चरण भएको भन्दै यसका लागि सबल नेतृत्व आवश्यक पर्ने भएकाले जसको नीति उसैले नेतृत्व गर्नुपर्ने बताए । सिद्धान्त पारित गरेर मात्रै महाधिवेशन सफल भईंदैन। पार्टीको नेतृत्व परिवर्तन मात्र हुने हो । उनले भने अब विचार स्पष्ट हुनेहरु अघि सर्नुपर्छ । पार्टी भित्रकाहरु, बाहिरकाहरु कसैसँग नडराउनुस् । हामी सबै तपाईंहरुमाझ छौं ।

पोलिटब्युरो सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विचारमा प्रष्टता भएन भने पार्टी अलमलमा पर्ने भएकाले स्पष्ट नीतियुक्त नेतृत्व आवश्यक पर्ने बताए । ‘गुण्डा लफंगाको पार्टी बनाउनु हुँदैन । माओवादी आन्तरिक कलह, गलत कर्मकै कारण विघटनको संघारमा रहेको बुझ्नुपर्छ ।’ उनले भने ‘गुट वा समूहमा रम्ने नेतृत्वले पार्टी हाँक्नै सक्दैनन् । समग्र पार्टी, अन्य पार्टीलाई समेत मिलाएर देश हाँक्नुपर्नेछ ।’

पोलिटब्युरो सदस्य तथा धौलागिरी ईञ्चार्ज श्रीमाया थकालीले अनेमसंघमा बिसौं वर्ष विद्या भण्डारीले नेतृत्व लिन हुने तर उनले नै नेपाललाई पदको लोभीको आरोप लगाउनु अशोभनिय भन्दै समग्र पार्टीको नेता नेपाललाई नेतृत्वमा ल्याउनुको विकल्प नगरेको बताईन् ।

अर्का पोलिटब्युरो सदस्य रघुजी पन्तले पार्टी गणतन्त्रमा ज्ाँँदा अहिले अघि सरेकै नेताहरु उग्रबामपन्थी भईयो भनेर पछि हटेको बताउँदै पार्टीलाई यो स्थितिसम्म ल्याउनुमा नेपालको योगदान भएको बताए । उनले नै अब पार्टीलाई पहिलो बनाएर मुलुक निर्माणमा लगाउने भएकाले अध्यक्ष बनाउनुपर्ने धारणा राखे ।

पोलिटब्युरो सदस्य बेदुराम भुषालले जबजकै अगुवाई र मार्गदर्शनमा मुलुक यहाँसम्म आएको भन्दै यसको रक्षा र विकासमा आफूहरु लागिपरेको बताए ।

केन्द्रिय सदस्य घनश्याम भुषालले अध्यक्षमा नेपालको जीत नै एमालेको जीत तर्फ संकेत गर्दै महाधिवेशनमा एमालेले जित्नुपर्ने नत्र एमाले पनि हार्ने र देश पनि हार्ने स्थिति आए मुलुककै दुर्भाग्य हुने बताए । ‘यदि देशले जित्छ भने माधव नेपाल हारेर केहि हुँदैन तर यहाँ एमाले हार्दा देश हार्ने स्थिति आउन दिनुहुँदैन ।’ उनले भने ‘त्यसैले मुलुक र समस्त नागरिकको मुद्धा लिएर पोखरा आएका हौं ।’ उनले विचार, संगठन र नेतृत्वमा संकट नै मुल मुद्धा भएको भन्दै ओली समूहमा कसैको केहि विचार नै नरहेको भन्दै कटाक्ष गरे ।

अर्का केन्द्रिय सदस्य गोकर्ण विष्टले स्रोत र साधनले पूर्ण रहेर पनि नेतृत्वकै संकटले मुलुक अघि बढ्न नसकेको भन्दै अबको मूल मुद्धा आर्थिक क्रान्ति रहेको बताए । आर्थिक समृद्धि विना मुलुक अघि बढ्दैन । पार्टी सबल बनाउँदै मुलुक बनाउनु छ । उनले भने १५ पटकसम्म एमाले सरकारमा पुग्यो तर जनताका लागि हामीले कति काम गर्न सक्यौं । महाधिवेशनमा समीक्षा गर्न आवश्यक छ ।

केन्द्रिय सदस्य ठाकुर गैरेले आफूहरु जबज विरोधी नभएको भन्दै समायानुकुल समृद्ध गर्दै जाने पक्षमा आफूहरु रहेको बताए । सभासद् टेकु नेपालीले पार्टी र देशकै हितका लागि माधव कुमार नेपाल अध्यक्ष बन्नुको विकल्पन नरहेको बताईन् ।

गण्डकी अञ्चल पूर्व ईञ्चार्ज त्रिलोचन ढकालले पार्टी डुबाउने प्रयत्न भृकुटीमण्डपबाट भईरहेको तर पार्टी जोगाउने अभियानका क्रममा आफूहरु पोखरामा रहेको बताए । केन्द्रका अध्यक्ष तुलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन श्रीनाथ बरालले गरेका थिए ।

आलमको हत्या डनले गरेको कि जिम्मेवार नेताले ? किड्नी ड्यामेज म माओवादीस“ग लड्नुपर्ने, नेतृत्वको बेला आउ“दा बिरामी भन्न पाइन्छ?: ओली

पोखरामा ओली पक्षलाई डनबाद र धनबादको प्रश्रय दिने, गुट÷समूहमा रमेर बसेको कटाक्ष भईरहँदा काठमाण्डौंमा नेपाल पक्षलाई भने पार्टी एकताको भाँजो हाल्ने क्रियाकलापमा लागेको भन्दै आलोचना भईरहेको थियो । पहिलोपटक कार्यकर्तामाझ आधा मौखिक भाषण दिएका अध्यक्षका आकांक्षी केपी शर्मा ओलीले डनहरुलाई एमालेमा प्रवेश गराउनुको औचित्य पुष्टि गर्न खोज्दै केन्द्रिय सदस्य महमद आलमको हत्या डनले होईन जिम्मेवार नेताबाटै भएको बताए । आलमको हत्या अभियोग लागेर जेल रहेका रामचन्द्र प्यासी कुशवाह नेपाल समर्थित रहेको बताईएको छ ।

राजनीतिक अपराधिकरणको अन्तरनिहित कारणको गहिराईमा नपुगी युवा पुस्तालाई अपमानित गर्नु यो कस्तो तर्क हो ? उनले भने पार्टीको झण्डा कुनै पनि सामाजिक अपराधलाई ढाकछोप गर्न प्रयोग हुन सक्दैन तर विगतको कमजोरीलार्य सच्याएर अघि बढ्न चाहनेहरुका लागि ढोका बन्द गर्ने नीति कुनै अर्थमा पनि जिम्मेवार होईन । एमाले वृद्धाश्रम जस्तो बन्न लागेका बेला युवा संघलाई पुनर्गठन गर्दै नौजवानहरुलाई एमालेमा सामेल गराउने नेतृत्व आफूले गरेको बताउँदै माओवादी, राजा, कांग्रेसलगायत शक्तिशालीहरुस“ग एमालेका तर्फबाट सधैं आफूले नै लड्नुपरेको बताए ।

काठमाडौंको भृकुटीमण्डमा आयोजित विशेÈ कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाल पÔलाई जवाफ दिएका छन्– उग्रवामपन्थीस“ग लड्दा किड्नी ड्यामेज भएको मै चाहिने, सहि सलामत भएकाहरु वार्ता गर्न कुद्ने अनि पार्टी नेतृत्व गर्न खोज्दा विरामी भन्न पाइन्छ?

टन्टलापुर घाममा कार्यकर्ताहरुको बाक्लो उपस्थितिलाई सम्बोधन गर्दै उनले अध्यÔका अर्का प्रतिश्पर्धी माधव नेपालको कटाÔ गरे,  ”महाभारत कालमा समेत युद्दको सामान्य सिद्दान्तको पालना हुन्थ्यो, अहिले त्यसलाई बिर्सेर नेपालले गलत संस्कृतिको बिजारोपण गरे।” महाभारतमा निहत्था, नारी, बच्चा सा“झ बिहान आक्रमण्ँ गर्न नपाइने युद्द आचारसंहिता बनेको स्मरण गराउ“दै ओलीले भने,” म बिरामी भएर थाइल्याण्ड गएर अस्पतालको बेडमा भएको बेलासमेत ममाथि आक्रमण सुरु भयो।”
”म अस्पताल परेको बेला युद्धको ऐलान गरियो, गलत संस्कृतिको बिजारोपण्ँसमेत भयो, उनले अगाडि थपे, ”महाभारत र अन्य युद्दमासमेत सत्रुलाई जानकारी दिएर ढोल र शंख फुकेर युद्द थालिन्थ्यो।” ओलीले आफू माधवकुमार नेपाल र झलनाथ खनालभन्दा सिनियर भएकाले पनि अध्यÔका लागि योग्य भएको दाबी उनको थियो। ” माधव नेपाल र झलनाथ खनाललाई कम्युनिस्ट पार्टीको सम्पर्कमा मैलेनै ल्याएको हु“,” उनले भने।

”म उपचारका लागि जा“दा कामको जिम्मा दिएर गएको थिए“, तर केही व्यक्तिलाई मेरो विमारी गीत गाउने भा“जो हाल्ने मेलो बनेछ, काम गर्न दिएनछन्, अब काम द्रुत गतिमा हुन्छ” संसदीय दलको कामका बारेमा संकेत गर्दै उनले भने ।
नेपाललाई कहिल्यै उठ्न नसक्ने गरी पराजित गर्नुपर्छः गौतम

ओली लामो समय अस्वस्थ रहँदा ओली विचारको देशव्यापी प्रचारमा लागेका बामदेव गौतमले पार्टीमा सर्वसम्मत नेतृत्व चयन हुन लागेको बेला नेपालले भाँजो हालेको आरोप लगाए ।

उनले नेपाललाई अब ऐतिहासिक रुपले पराजित गर्न कार्यकर्तालाई आह्वान गर्दै भने ‘अब उहाँलाई कहिल्यै उठ्न नसक्ने गरी पराजित गर्नुपर्छ अनिमात्र एमाले एकताबद्ध हुन्छ ।’ गौतमले पार्टी विधानमा वरिष्ठ नेताको अधिकार र कर्तव्य नहुने उल्लेख गर्दै त्यही भएर नेपालले जथाभावी बोलेको आरोप लगाए । ‘हामीले बरिष्ठ नेताको सम्मान दियौं ।’ उनले भने ‘सम्मानको बदला फेरि नेतृत्व गर्छु भन्नुहुन्छ । अन्तिम बेलासम्म सम्झाउँछौं, मान्नुभएन र खतरा मोलनुहुन्छ भने सहानुभूति बाहेक केहि हुँदैन ।’ गौतमले केपी ओलि प्रति नेपालले सामान्य साथीप्रेम पनि नदेखाएको आरोप लगाए ।

नेतृत्व पुनरावृत्ति हुँदैनः पोखरेल

महासचिव ईश्वर पोखरेलले विगतको नेतृत्व पुनरावृत्ति नहुने बताए । नेपाललाई सम्मान लिन तयार हुन आग्रह गर्दै पदबाट शक्ति प्राप्त गर्नेतिर नलाग्न सुझाव दिए । ‘त्यो भयो भने दुर्भागय हुन्छ भनेका छौं ।’ उनको भनाई थियो । ओलीको स्वास्थ्य सबैलाई थाहा भएको उल्लेख गर्दै उनले यसलाई विषय बनाउन नहुने बताए ।

सचिवद्वय शंकर पोखरेल, विष्णु पौडेल लगायतले माधव नेपालले पद लोभ देखाएको भन्दै नेतृत्व हस्तान्तरण र पार्टीको लोकतान्त्रिकरणको प्रक्रियालाई कसैले रोक्न नसक्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: