सागर राज तिमिल्सिना पोखरा, २७ जेठ/नजिकिदै गएको एमालेको महाधिवेशनमा एमाले अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले अर्का पत्यासी केपी शर्मा ओलीलाई राष्ट्रपति वा प्रधानमन्त्री बन्न सुझाव दिएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले एमाले संसदीय दलका नेता समेत रहेका ओलीलाई स्वास्थ्यको ख्याल गर्दै अध्यक्षमा नलड्न सुझाव दिए ।
नेता नेपालले स्वास्थ्यका कारण ओलीले पार्टिको झमेलामा भन्दा राष्ट्रपति वा प्रधानमन्त्री बन्न सुझाव दिए । नेपालले युवाहरुको मागले नै अध्यक्षको उम्मेद्वारी दिएको बताउदै युवाहरु अध्यक्षको उम्मेद्वार बन्न आए आफु युवालाई छोड्न तयार रहेको बताए । उनले पदका लागि कसै सगँ हात नफैलाएको बताउदै अहिले पनि कसै सगँ नझुक्ने बताए ।
नेपालले अध्यक्ष भए पनि एक कार्यकाल भन्दा बढि नबस्ने बताए । नेता नेपालले ओलीले लगाएको युद्धको ऐलानको खण्डन गर्दै आफैले अहिले सम्म अध्यक्षको उमेद्वारी घोषण नगरेको बताए । इतिहास पल्टाएर हेरे हुन्छ पहिले कस्ले अध्यक्षको उमेद्वारी घोषणा गरेको हो । उनले भने‘ अस्पतलामा भर्ना भएको बेलामा समेत अध्यक्षको घोषणा गर्ने ओली नै भएको बताए ।’ नेता नेपाल सोमबार पोखरामा आफ्नो प्यानलकालाई अन्य नेता सहित पोखरा आएका थिए ।
