लोकतान्त्रिक पार्टि भन्नेले प्रतिष्पर्धा स्विकार्नुपर्छ: रविन्द्र अधिकारी

Share:

कृपा भण्डारी
पोखरा, असार १३

सभासद् रविन्द्र अधिकारीले लोकतन्त्रमा प्रतिष्पर्धा स्विकार्नुपर्ने बताएका छन् । एमाले क्षेत्र नं ३ ले प्रत्येक दुई महिनामा गर्दे आएको नियमित पत्रकार भेटघाट कार्यक्रममा अधिकारीले नवौ महाधिवेशन प्रति लक्षित गर्दे सबैले प्रतिष्पर्धाबाट आएको नतिजालाई स्विकार गर्नुपर्ने बताएका हुन् । उनले पहिला सहमति र सहमति नभए प्रतिपष्पर्धा हुने र प्रतिष्पर्धाबाट आएको नतिजा सर्वमान्य हुने विचार ब्यतm गरे ।

असार १९ गतेदेखि काठमाण्डौमा सुरु हुन लागेको नेकपा एमालेको नवौ महाधिबेशनमा आफुले केन्द्रिय सदस्यको पदमा ईच्छा राखेको भएपनि साथीभाईको सुझावको आधारमा अघि बढ्ने बताए ।

संविधानसभाका पछिल्ला गतिविधिको प्रसङगमा बोल्दै अधिकारीले पछिल्लो समयमा संविधानसभामा सभासद्हरुको कम उपस्थिितिले मन खिन्न बनाए पनि संविधानसभाले गर्ने कामहरु नरोकिएको बताए । अधिकारीले अभिलेख निक्यौल समितिले पहिला बनेको संविधान र अब बनाईने संविधानलाई जोड्ने काम गरेको विचार ब्यतm गरे ।

कुल सभासद्हरुमध्य क्षेत्रीयरुपमा विकासका कार्यक्रममा सक्रियरुपमा सहयोग गरेको र आफनो उत्कृष्ट प्रस्तुती देखाएको भन्दै केहि समय अगाडि मात्र सभामुख शुबास नेम्वाङद्धारा सम्मानित भएका अधिकारीले आफु विकासका थुप्रै योजनाहरु पुरा गर्न आफु प्रतिबद्ध हुने बताए ।

कमेन्ट गर्नुहोस्
Share: