माधब पनेरु , पोखरा १३असार / यातायात ब्यबस्थापन गर्ने भन्दै पार्किङ्ग निषेध गरिएको पोखराको पृथ्वीचोकमा बिरोधका बिच सवारी पार्किङ्ग फेरी सुरु गरिने भएपछि ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख बिवादमा परेका छन ।
चोकमा यस अघि बस स्टप बनाउदा धेरै सवारी जाम भएपछि एक महिना अगाडी चोक बाट हटाईएको सवारी पार्किङ्ग तथा बस स्टपलाई अहिले काजमा ट्राफिक कार्यलय प्रमुखमा आएका कृष्ण अर्यालले एक तर्फि रुपमा उक्त र्निणय लिएका हुन ।
बसस्टप तल सारेपछि ब्यापारमा घाटा परेको भन्दै उक्त क्षेत्रका ब्यापारीहरुले बिरोध गर्दे आएका थिए । केही ब्यापारी र यातायात ब्यबशायिहरु संग साँठगाठ गरेर प्रमुख अर्यालले गलत र्निणय लिएको स्थानिय अमर के.शीले बताए । काजमा आएकाले यस्तो गभ्भिर र्निणय गर्नुको पछाडी आर्थिक चलखेल भएको के.शीको आरोप छ । यस अघि पनि यस्ता प्रयासहरु भएको के.शीले बताए । पोखराका अस्तबेस्त बनाउने र्निणयको सबैले बिरोध गर्नुपर्ने भन्दै प्रहरीको कार्यशैलीमा ब्यापक शंका लागेको उनको भनाई छ ।
यस अघिका ट्राफिक प्रमुद टेक बहादुर कार्कि तालिममा गएको बेलामा काजमा आएका अर्यालले काज सकिन करिब एक साता बाँकि रहदा एकाएक बिबादास्पद तथा अप्रिय र्निणय लिएको सरोकारवाला नवराज पौडेलले बताए । चोकमा बस स्टप बनाउने बिषयमा स्वयं प्रहरीहरु नै भित्र भित्र असन्तुष्ट रहेका छन । प्रमुख अर्यालले भने एकलौटी ढंगले उक्त र्निणय गरेका हुन ।
एकतर्फि पार्किङ्ग हटाएर पहिलाको स्थानमा बस स्टप सारिने ट्राफिक प्रमुख अर्याल बताउछन । उनले उक्त र्निणय सबैको सहमतिमा गरेको बताएपनि ४८ जनाले लिखित रुपमा ट्राफिक कार्यलय , जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रसासन कार्यलयमा निबेदन दिएका छन । पोखरामा सबैभन्दा बढी सवारी जाम हुने पृथ्वीचोक क्षेत्र बस स्टप हटाएपछि जाम कम भएको थियो ।
पोखरा बाट स्याङ्गजा जाने सवारी साधन अहिले पृथ्वीचोक बाट करिब ५ सय मिटर तल रोक्ने र यात्रु ओराल्ने,झार्ने गरीन्छ । सवारी जाम लाई कम गराउन ट्राफिक प्रहरीले पोखरामा गरेको नमुना कामको रुपमा यसलाई पोखराबासीले लिएका थिए ।
