विदेशवाट आएर स्वदेशका बृद्ध बृदालाई सहयोग

Share:

लेखनाथ १३ असार / वैदेशीक रोजगारीका लागि विगत छ वर्ष देखी साउदी अवरवमा वस्दै आएका लेखनाथका एक युवकले स्देशमा आएको भोलीपल्ट नै बृद्ध बृदालाई सहयोग गरेका छन् ।

विदेशमा वस्दा बृद्ध बृदाका वारेमा विभिन्न संचार माध्यममा आएको समाचारले आफु प्रभावीत भएका लेखनाथ नगरपालीका वडा नं १२ निवासी ३४वर्षिय सन्तोष घिमीरेले सुक्रवार लेखनाथको लामेआहलमा रहेको राधाकृष्ण बृद्धाश्रमका बृद्धबदालाई खाद्यान्न र लत्ता कपडा वितरण गरेका हुन् ।

बृद्ध बृदालाई गरेको सहयोग नै वास्तविक रुपको सहयोग भएको भन्दै उनले त्याहा रहेका ४१जना बृद्ध बृदाहरुका लागि आवस्यक पर्ने खाद्यान्न मन्दिरका महन्त लक्ष्मीशरण उपाध्ययलाई र लत्ता कपडा आश्रममा रहेका बृद्धबृदालाई हस्तान्त्रण गरेको आश्रम संचालन समितीका सचिव सोभामोहन पौडेलले जानकारी दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्
Share: