दिननाथ बराल, पोखरा १३ असार / नेपाल प्रहरीका श्रीमती तथा प्रहरीमा आश्रीत महिलाहरुलाई ३ महिने व्युटिसियन तथा क्षेमता अभिबृद्धि सम्बन्धि तालिम प्रदान गरीने भएको छ । पश्चिमाञ्चल क्षेत्रिय प्रहरी श्रीमती संघको आयोजना तथा पोखरा महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटी ईन्स्टिच्युटको सहयोगमा निशुल्कः तीन महिने उक्त तालिम संचालन हुने भएको संघका अध्यक्ष रजनी भण्डारीले बताईन । तालिममा १२ जना प्रहरी जवानका श्रीमती, चार जना प्रहरीमा आश्रीत महिला, प्रहरी हवल्दारका एक र जुनियर प्रहरी अधिकृतका श्रीमती दुई जना गरी तालिममा १९ जना सहभागि हुने भएको भण्डारीले बताईन । उक्त तालिममा ईन्स्टिच्युटका कविता गुरुङ र सुनिता श्रेष्ठले प्रशिक्षण गराउने भएका छन । यस अघि व्युटिसियन सम्बन्धि आधारभुत तालिम प्रदान गर्दै आएको संघले यसपाली पहिलो पटक एड्भान्स तालिम आयोजना गरेको हो ।
यसै विच उक्त तालिमको उद्घाटन सुक्रबार एक समारोहका विच नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष रोशी अर्यालले गरीन । कार्यक्रममा बोल्दै उनले प्रहरीका श्रीमतीहरुको क्षेमता अभिबृद्धि तथा व्यवसायिक आयआर्जनको लागि समेत उक्त तालिम फलदायी हुने बताउदै तालिममा सिकेका कुरा आफ्नो क्षेत्रमा पालना गर्न आग्रह गरीन । महिलाहरुलाई यस्तो प्रकृतिको तालिममा स्वरोजगार बनाउदै आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्दै भण्डारीले हङकङ हर्वल इन्स्टिच्युटले महिलाहरुको क्षेमता अभिबृद्धिको लागि निशुल्कः तालिम दिदै आएकोमा प्रंशम्सा गरीन।
ईन्स्टिच्युटका निर्देशक तथा राष्ट्रिय सौदर्यकर्मी युनियन प्रतिनिधि परिषदका परिषद प्रमुख मिना गुरुङले समाजमा रहेका महिलाहरुको व्यक्तित्व तथा नेतृत्व एवं उनीहरुलाई आत्मनिर्भर बनाउन यस्तो तालिम आवश्यक भएको बताईन । समाजमा विभिन्न क्षेत्रका महिलाहरुलाई निशुल्क तालिम प्रदान गर्दै आएको बताएकी गुरुङले अगामी दिनमा समेत महिलाको क्षेमता अभिबृद्धिको लागि तालिमलाई निरन्तरता दिने बताईन । महिला तथा बालवालिका कार्यालय कास्कीका प्रमुख पुर्ण श्रेष्ठले यस्ता तालिममले महिलाहरुको निर्णय गर्ने क्षेमतामा विकास हुने बताईन। उनले महिलाहरु आत्म निर्भर बन्नुपर्नेमा जोड दिईन।
क्षेत्रिय संघका उपाध्यक्ष कल्पना भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन भने सहसचिव रविना अर्यालले गरेकी थिइन । कार्यक्रममा प्रहरी नायव महानिरिक्षक (डीआईजी ) बमबहादुर भण्डारी सहितका प्रहरीका उच्च पदस्त व्यक्तिहरु रहे पनि उद्घाटन सत्रमा भने उनीहरुलाई शुभकामना मन्तव्यको लागि समय छुट्टाईएन । पुरुषहरुले आयोजना गर्ने अधिकाशं कार्यक्रम आसन ग्रहण तथा भाषण ग्रहणले धेरैको समय खाने भएकोले उक्त कार्यक्रम छीटो र छरीतो रुपमा सम्पन्न भएकोमा सहभागिहरुले समेत खुसि व्यक्त गरेका थिए । कार्यक्रम करीब आधा घण्टामा उद्घाटन सत्र सम्पन्न भएको हो ।
