कृपा भण्डारी कास्की, २१ भदौ / नेपाली काग्रेस निकट नेपाल प्रेस युनियनका आठौ महाधिबेशन पोखरामा सुरु भएको छ ।
अधिबेशनको नेपाली काग्रेसका बरिष्ट नेता शेर बहादुर देउवाले उदघाटन गरे । अधिबेशनको उदघाटन गर्दे नेता देउवाले संबिधानका धेरै बिषयमा सहमति भैसकेको बताए । एकिकृत नेकपा –माओबादी) संग पनि धेरै बिषयमा सहमति भैसकेकोले तोकिएको बिषयमा संबिधान बन्ने बिश्वास ब्यक्त गरे । नेपालमा ताकिएको समयमा संबिधान बनाएर प्रेस स्वतन्त्रता ल्याउनको लागि पत्रकारहरुले भुमिका खेल्नु पर्ने उनको भनाई थियो । उनले प्रजातन्त्रको मुलभुत मान्यता स्थापित गर्न प्रेसको महत्वपुर्ण भुमिका रहेको बताए ।
नेपाली काग्रेसका उप–सभापति रामचन्द्र पौडेलले पछिल्लो समयमा आएर संबिधान जारी गर्नुको सट्टा म्याद थप गर्ने कुरा तर्फ दलहरु केन्द्रीत हुन थालेको बताए । समयमा संबिधान बनाउन दोस्रो संबिधानसभा सफल हुने पौडेलले बताए । तोकिएको समयमा संबिधान बनाएर देशमा आर्थिक तथा कृर्षि क्रान्ति गर्नुेपर्ने नेता पौडेलको भनाई थियो ।
कार्यक्रममा सरकारका प्रबक्ता यवं सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, काँग्रेस नेता अर्जुननरसिँह के.सि, पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा.महेन्द्र विष्ट,उपाध्यक्ष अनिता विन्दु, प्रेस चौतारी केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल लगायतले बोलेका थिए ।
अधिबेशनमा देशभरका करिब १३ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ । आईतबार उम्मेदवारी दर्ता तथा मनोनयन र सोमबार विहानबाट मतदानको प्रक्रिया सुरु हुने जनाईएको छ । युनियनको भावि अध्यक्षका लागि हालसम्म शिव लम्साल र बद्रि सिग्देलले उम्मेदवारी दिने चर्चा चलेको छ ।
Photo: Sudarshan Ranjit
