
माधव पनेरु. कृपा भण्डारी पोखरा, २३ असोज / नेपाली काग्रेसका नेता तथा नेपाल सरकारका भौतिक योजना ,पुर्बाधार तथा यातायात ब्यबस्था मन्त्री बिमलेन्द्र निधिले बिस्वमा एकैपटक पाँच वटा राजनितिक उपलब्धी हासिल गर्ने देश नेपाल मात्र भएको बताएका छन ।
क्रसर ब्यबसायस्ी तथा खानी उद्योग महासंघको पहिलो अधिबेशनको पोखरामा उदघाटन गर्दे उनले यति धेरै राजनितिक उपलब्धीहरुको सस्थागत बिकास गर्ने असजिलो हुने भएपनि असंभब नभएको बताए । नेपाल मात्र एउटा यस्तो देश हो जहाँ गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र्निबाचन, संघियता र संबिधानसभा एकैचोटी प्राप्त गरेको छ –उनले भने । देशमा अहिले भैरहेको बार्ता र सहमतिका प्रयासहरुको बारेमा आफु निरास नभएको उनको भनाई थियो । नेपालमा भएको द्धन्द समाधान गर्नुे नै ठुलो उपलब्धी भएको निधिको दाबि छ ।
पहिलो संबिधानसभा बाट पनि खाली सहमतिको मात्र कुरा गर्दा संबिधान नबनेकोले अब यस पटक भने जुनसुकै हालतमा पनि संबिधान र्निमाण भएर नै छाड्ने निधिले दाबि गरे । समय लाग्ने कुरा ठुलो कुरा नभएकोले संबिधान कस्तो बनाउने भन्ने बिषयमा ध्यान दिन उनले आग्रह गरे ।
यस्तै प्रेस युनियन कास्कीले आयोजना गरेका पत्रकार सम्मेलनमा मन्त्री निधिले तत्काल मन्त्रीमण्डल परिबर्तन हुने कुनै कुरा नभएको बताए । केही समय अगाडी केही हल्ला चलेपनि अहिले आफुहरुको ध्यान संबिधान र्निमाण तिर नै भएको उल्लेख गरे । अहिले सडकमा भएका सवारी दुर्घटनाको बारेमा पनि छानविन गर्न सह–सचिबको नेतृत्वमा ६ सदस्यीए छानविन समीती बनाएको निधिले बताए । भर्खरै एमाओबादी सहितका दलहरुबिच भएका सहमति कुनै नयाँ बिषय नभएको पनि उनको भनाई थियो । उहाँहरुले संसद अबरुद्ध गर्नपर्ने कुनै कारण थिएन यि कुराहरु काग्रेसले यसअघि र्नै प्रस्ताव गरेको थियो । आखिर अन्तमा माओबादी पनि संबिधान र्निमाण बाट भाग्न नसक्ने निधिको ठोकुवा थियो ।

