रञ्जन अधिकारी पोखरा, २४ असोज / नेपालका सबै शेयर कारोबारी कम्पनी सेन्ट्रल डिपोजिटिङ सिष्टम (सीडीएस) प्रणाली लागू गर्ने तयारीमा छन् । आउँदो कार्तिक २ गतेदेखिनै सीडीएस प्रणालीबाट शेयर कारोबार सुरु गर्ने तयारी गरिएको छ । नेपालमा हालसम्मै कागजपत्रबाटै शेयरको कारोबार हुँदै आएकोमा विद्युतीय कारोबारका लागि अनलाईन ट्रेडिङ सिष्टम लागू गर्न लागिएको हो । सबै फिजिकल शेयरहरु एउटै खातामा हाल्ने सीडीएस प्रणाली लागू भए अस्तब्यस्त मार्केट सिस्टममा आउने अपेक्षा गरिएको छ ।
शेयर लगानीकर्ताहरुको संगठन नेपाल ईन्भेष्टर्स फोरम र सीडीएस एण्ड क्लियरिङ लिमिटेडले पोखरामा शुक्रबार संयुक्त रुपमा आयोजना गरेको लगानीकर्ता प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रममा सीडीएस प्रणालीमा शेयर काराोबार गर्नका लागि आवश्यक प्रक्रियाहरु तथा सीडीएस प्रणालीमा कारोबार गर्दाका फाईदाहरु र समग्र कारोबार प्रणालीका बारेमा जानकारी गराईएको थियाो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडधितोपत्रहरुको केन्द्रिय रुपमा निक्षेप गर्ने एवं धितोपत्र बजारमा विद्युतीय रुपमा कारोबार भएको धितोपत्रहरुको राफसाफ तथा फछ्र्यौट गर्ने कम्पनी हो । सो अवसरमा सीडीएसमा दर्ता हुन बाँकी कम्पनीलाई कार्तिक २ अघि नै दर्ताका लागि आग्रह गरिएको थियो ।
फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले सबै ईन्भेष्टमेन्ट स्टेकहोल्डरले सिष्टम नभएकै कारण बजार अस्तब्यस्त बनेको महसुस गरिरहेकाले लगानी डुब्नबाट जोगिन सबै जागरुक हुनुपर्ने बेला आएको बताए । ‘बजारमा सिष्टम भएन । सिष्टमलेस मार्केटले उतारचढाव आउन थाल्यो त्यसैले सिस्टममा जानु जरुरी छ ।’ उनले भने– ‘नेपालभन्दा ९ वर्ष पछाडी २०५९ मा कारोबार गरेको भुटान सीडीएस प्रणालीमा गईसकेको छ । हामी अझै जान सकेका छैनौं ।’ सीडीएस प्रणालीमा गएपछि चार सय प्रतिशत सम्म बजारको साईज बढ्ने अपेक्षा पनि उनले गरे ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका वरिष्ठ आईटी अधिकृत सुरेश न्यौपानेले नेपालमा सूचिकृत दुई सय ३० ओटा वाणिज्य बैंक, ईन्स्योरेन्स कम्पनी, हाईड्रो जस्ता कम्पनीहरुमध्ये ६५ बढि दर्ता भईसकेको, एक सय जति पाईप लाईनमा रहेको जनाउँदै उनले बाँकी ६०–७० कम्पनीहरुलाई सीडीएसमा दर्ताका लागि आग्रह गरे । उनले सीडीएससी नेपालको एकमात्र धितोपत्र निक्षेप कम्पनी भएको जानकारी दिँदै कम्पनीमा दर्ता भएका धितोपत्रहरुलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने परिचय अंक आईएसआईएन प्रदान गरिने पनि जनाए ।
अन्र्तक्रियामा सहभागीहरुले ब्रोकरहरु पब्लिक कम्पनी भएमा लगानी कर्तालाई सहज हुने बताएका थिए तर यसको लागि कम्पनी ऐन नै बाधक बनेको तिमिल्सिनाले प्रतिक्रिया दिए । अन्र्तक्रियामा कास्कीका विभिन्न कम्पनीका संचालक तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।
