
रियो दिजेनेरीयो : व्राजिलका चार मन्त्रिले एक साथ सामुहीक राजिनामा दिएका छन् । वनिर्वाचित राष्ट्रपति डिल्मा रुसेफको नेतृत्वमा बन्ने नयाँ सरकारमा स्वेच्छाले नयाँ मन्त्रिमण्डल गठन गर्न मार्ग प्रशस्त गर्न सो राजीनामा दिएको बताइएको बताइएको छ ।
राष्ट्रपति कार्यालयका मन्त्री आलोइजिओ मक्र्यादान्ते, विकास र वैदेशिक वाणिज्य मन्त्री मोरो बोर्गिस, श्रम मन्त्री म्यानोएल दियास र रणनीतिक मामिला मन्त्री मार्सेलो नेरीले राजिनामा दिएक हुन् । उनीहरुले रुसेफलाई सजिलो पार्न राजीनामा दिएको घोषणा गरेका छन् ।
राष्ट्रपति रुसेफ हाल कतारको भ्रमणमा छन् । उनले त्यहीँबाट मन्त्रिपरिषद्का सदस्यले आफू पदमा रहिरहने वा राजीनामा दिनेबारे यथाशीध्र निर्णय लिन आह्वान गरेको केही समयपछि नै उनीहरुले राजिनामा दिएका हुन् ।
यसअघि संस्कृति मन्त्री मार्टा सुप्लिसीले राष्ट्रपतिसँग उनको आर्थिक नीतिमा असहमति जनाउँदै गत मङ्गलबारनै राजीनामा दिएका थिए । ब्राजिलकी प्रथम महिला राष्ट्रपतिको रूपमा सन् २०१० मा विजय हासिल गरेकी दिल्मा रुसेफ सो पदमा पुनः विजयी भएकी थिइन् । सिन्हवा
