
रञ्जन अधिकारी पोखरा, २ मंसीर / निर्धारित माघ ८ मै संविधान जारी गर्न राजनीतिक दलहरुलाई दबाब दिने उद्देश्यले सुरु गरेको केन्द्रकोे तीन महिने अभियानलाई कास्कीका पत्रकारहरुले पनि साथ दिने भएका छन् । स्थानीयस्तरबाट अघि बढाईने दबाबका प्रयासहरुबारे भने नेपाल पत्रकार महासंघ कास्कीले केहि दिनमै जानकारी गराउने जनाएको छ ।
दुई साता अघि नमूना गाउँ लमजुङको घलेगाउँमा सम्पन्न तेस्रो पूर्ण बैठकको निर्णय अनुसार ‘जनतासँग गरेका बाचा नतोडौं, २०७१ माघ ८ गतेभित्रै संविधान जारी गरौं’ भन्ने मूल आह्वानका साथ थालिएको यो अभियान अनुसार पत्रकार महासंघ कास्कीले सक्दो दबाबका कार्यक्रम सञ्चालन गर्ने भएको हो ।आउँदो मंसिर ८ गते केन्द्रमा संविधानसभा अध्यÔ, जिल्लामा प्रमुख जिल्ला अधिकारी र वैदेशिक शाखाले सम्बन्धित नेपाली दूतावासमार्फत संविधानसभासमÔ संविधान निर्माणका लागि अव केवल दुई महिना बा“की रहेको स्मरणपत्र बुझाउने केन्द्रिय समितिको निर्णय छ ।
महासंघका सवै जिल्ला शाखा, प्रतिष्ठान शाखा, वैदेशिक शाखा र एशोसियट संस्थाहरुले आ–आÇनो कार्यसमितिको वैठक गरी संविधान निर्माणमा नेपाल पत्रकार महासंघको अभियान—२०७१ को विÈयमा छलफल र तयारी गर्ने निर्णय गरे अनुसार कास्कीमा सोमबार जानकारी गराईएको हो । नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सुष्मा पौडेलले बैठकका निर्णयबारे जानकारी गराएकी थिईन् ।
प्रमुख अतिथि मानवअधिकारवादी नेता टेकनाथ बरालले पत्रकार तटस्थ रहनुपर्ने तर विभेदमा पारिएका, अन्यायमा परेकाहरुको आवाजमा बोल्नुपर्ने आवश्यकता औंल्याए । ‘साह्रै सुन्दर देशका सुन्दर नागरिक हामी । तर, स्वर्गीय माटोमा रहेर पनि संस्कार र सभ्यता निर्माण हुन नसक्दा नारकीय जीवन जिऊन बाध्य छौं ।’ बरालले भने– ‘पत्रकारसँगै हामी पनि मानवअधिकारका पक्षमा अग्रपंक्तिमा रहेर लड्यौं, उपलब्धी अझै हासिल भएको छैन ।’
उनले विभिन्न दल र ठूला नेताहरुलाई हरेक नागरिकले सम्मानपूर्व हेर्न चाहेको बताउँदै सम्मानपूर्वक रहनका लागि समयमै संविधान जारी गर्न आग्रह पनि गरे । ‘विगतका संविधानसभा असफल हुँदा नेताहरुको श्राद्ध भए, पुत्ला जले । यस्तो हेर्ने मन छैन । सम्मानित भएको हेर्न चाहन्छु ।’ उनले भने । प्रेस काउन्सिलका सदस्य माधव शर्माले पत्रकारले प्रेस स्वतन्त्रता तथा पत्रकारका अधिकारका लागि आवश्यकीय बुँदाहरु संविधानका धारामा स्पष्टका साथ राख्नुपर्नेमा लबिङ थाल्नुपर्नेमा जोड दिए । अग्रज पत्रकार नारायण कार्कीले नमिलेका विषयमा जनमत संग्रह गरेर भएपनि देशलाई अनिर्णयको बन्दिमा नराख्न पत्रकाल लाग्नुपर्ने व्यक्तिगत सुझाव भएको उल्लेख गरे । अग्रज पत्रकार बद्रिबिनोद प्रतिकले घिडियाले घच्घचाउन आवश्यक भएको बताए । अर्का अग्रज पत्रकार पूण्य पौडेलले मुलुकका हरेक परिवर्तनका क्रममा अग्रपंक्तिमा रहनुपर्ने पत्रकारहरु संविधान बनेन भने पनि पहिलो मारमा नै पर्ने भएकाले अहिले नै दबाब सृजना गर्नुपर्नेमा जोड दिए ।
ज्योतिष पत्रकार संघका अध्यक्ष डा. बलराम उपाध्याय रेग्मीले माघ ८ मै संविधान नआउने ठोकुवा गर्दै राम्रो ग्रहगोचर मिलेको २०७१ मा संविधान नआए २०७६ साल उपयुक्त भएको धारणा राखे । ‘नैतिकता नभएका, राज्य र जनताप्रति गम्भीर नभएका नेताहरुको मति नफिरेसम्म देशले संविधान पाउँदैन ।’ उनको आक्रोश थियो– ‘नेताहरुकै कारण देश यो हालतमा पुगेको हो ।’ कार्यक्रममा प्रेस चौतारिका पूर्व केन्द्रिय उपाध्यक्ष नवराज सुवेदीले समयमै संविधान जारी गर्नुको विकल्प नभएकाले थप दवाव आवश्यक पर्ने बताए । कास्की आवाज दैनिककी अध्यक्ष सरस्वती गुरुङ, स्वतन्त्र पत्रकार संघका हिमनिधि लौडारी, क्रान्तिकारी पत्रकार महासंघकी केन्द्रिय सदस्य गोमा घिमिरे लगायतले पत्रकारको भूमिकाका बारेमा बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले हरेक आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्व लिने पत्रकारहरुले अहिले गणतन्त्रात्मक मूलुक हाँक्ने जिम्मेवारी लिएका दल तथा नेताहरु सत्ताको स्वार्थमा रमेपछि खबरदारी गर्नुपर्ने लाजमर्दो अवस्था आएको बताए । कार्यक्रम संयोजक दीपक परियार, सचिव त्रिभुवन पौडेल लगायतले बोलेका थिए ।
